२०८२ कार्तिक २१, शुक्रबार
November 7, 2025
२०८२ कार्तिक २१, शुक्रबार
November 7, 2025 Friday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

साइबर अपराध मुद्दा : दुर्गा प्रसाईलाई आज अदालतमा पेश गरिने

प्रकाशित मिति : २०८१ मंसिर ५ गते
file photo.
- ADVERTISEMENT -

काठमाडौं / साइबर अपराध मुद्दामा मंगलबार दिउँसो पक्राउ परेका दुर्गा प्रसाईंलाई आज (बुधबार) काठमाडौं जिल्ला अदालतमा पेस गरिँने भएको छ ।

भक्तपुरको कमेरोटारस्थित निजी निवासबाट पक्राउ परेका प्रसाईलाई म्याद थपका लागि अदालतमा पेस गर्न लागिएको हो ।

- ADVERTISEMENT -

Advertisement

मंगलबारै उनको स्वास्थ्य परिक्षण समेत गरिएको थियो । प्रसाईंले प्रसाईले कम्बोडियामा रहेको टेलिकम एक्जियाटा कम्पनीमा प्रधानमन्त्री केपी शर्मा ओलीको अर्बौं डलर लगानी रहेको भन्दै विभिन्न कागजात राखेर भिडियो सार्वजनिक गरेका थिए ।

सामाजिक सञ्जालमार्फत अफवाह फैलाएका प्रसाईंविरुद्ध साइबर अपराधमा अनुसन्धान अघि बढेको छ । उनीविरूद्ध किर्तेलगायत अन्य कसुरमा पनि अनुसन्धान हुने बताइएको छ ।

प्रसाईँमाथि पहिलेदेखि नै विभिन्न अपराधमा अनुसन्धान भइरहेको थियो । यसअघि मेडिकल व्यवसायी प्रसाईं यसअघि असोज ६ गते पक्राउ परेका थिए । साइबर अपराधसम्बन्धी मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ । उनि सो मुद्धामा एक लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -