चितवन / भरतपुर भ्रमण वर्ष २०२४ वार्षिकोत्सवको अवसर पारेर हुन गइरहेको राष्ट्रिय रैथाने खाना महोत्सवको आज (शुक्रबार) उद्घाटन हुँदैछ । बामगती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले उक्त महोत्सवको उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
आयोजकका अनुसार मेघौलीको जानकी माध्यामिक विद्यालयको खेल मैदानमा हुन गइरहेको उक्त महोत्सवको पुस १२ गतेदेखि १६ गतेसम्म चल्ने छ । महोत्सवमा ५० वटा स्थानीय खानाका स्टलहरु छन् ।
स्थानीय थारु, कुमाल, दराई, मगर, गुरुङ, वोटे, मुसहर समुदाय सहितका स्थानिय जातका खाना महोत्सवमा राखिने छ । स्थानीय समुदायको जीवनस्तरमा सुधार ल्याउन महोत्सव फलदायी हुने विश्वास गरिएको छ भने १ लाख भन्दा बढी पर्यटक आउने अनुमान छ ।
महोत्सवमा स्थानीय खानासँगै ७७ जिल्लाको प्रतिनिधत्व गर्दै ७७ मिटर लम्बाई भएको नेपालको नक्सा विशेष आकर्षणको रुपमा रहेको छ भने ६१ लाखको अनुमानित खर्च लाग्ने आयोजकले जनाएको छ ।