चितवन / जनजाति पत्रकारहरुको छाता संगठन नेपाल अदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) चितवनको अध्यक्षमा तुलमान गुरुङ निर्विरोध चयन भएको छ ।
नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) चितवनको सभाहलमा शनिबार सम्पन्न दशौँ साधारणसभा तथा पाँचौँ अधिवेशनले अध्यक्ष गुरुङ सहित १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
जसको उपाध्यक्षमा उर्गेन तामाङ, सचिवमा आशिक राना, सहसचिवमा प्रतिमा कुमाल, कोषाध्यक्षमा उमेश श्रेष्ठ चयन भएका छन् ।
यस्तै सदस्यहरुमा बबिलाल तामाङ, सूचना गुरुङ, मुना लम्तरी मगर, देवकुमार थापा मगर, विनिता श्रेष्ठ, सविता महतो, सन्तोष तामाङ र शिव कुमारी चेपाङ चयन भएका हुन् ।