चितवन / मुद्रण व्यवसायीहरुको छाता संगठन मुद्रण संघ–चितवनको अध्यक्षमा उत्तम अर्याल निर्विरोध चयन भएका छ्न । शनिबार सम्पन्न २३औं साधारण सभा तथा १५औं अधिवेशनले अर्यालसहित एघार सदस्यीय कार्यसमिति चयन गरेको हो ।
जसको उपाध्यक्षमा राजाराम त्रिपाठी, सचिवमा खुशीराम घिमिरे, कोषाध्यक्षमा सरोजबाबु घिमिरे, सहसचिवमा सुजन अर्याल, सह–कोषाध्यक्षमा डिलाराम ढकाल निवाचित भएका हुन् ।
यस्तैगरी सदस्यहरुमा भविश्वर पाण्डे, महेन्द्र अधिकारी, सुलभ पौडेल, आकाश श्रेष्ठ, पशुपति त्रिपाठीलाई चयन गरिएको छ ।
मुद्रण संघ–चितवनको दुई वर्षे कार्यकालको लागि कार्यसमिति गरिएको हो भने नवनिर्वाचित अध्यक्ष अर्यालले मुद्रण व्यवसायीको हक हितको लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रम मुद्रण संघ–चितवनका अध्यक्ष सन्दिप सुबेदीको अध्यक्षतामा सम्पन्न भएको थियो ।