२०८३ बैशाख २७, आईतवार
May 10, 2026
२०८३ बैशाख २७, आईतवार
May 10, 2026 Sunday

चितवनमा प्राज्ञिक विद्यार्थीको दशौं राष्ट्रिय अधिवेशन सुरु

प्रकाशित मिति : २०८१ चैत्र ३ गते

चितवन / प्राज्ञिक विद्यार्थी परिषद् नेपालको दशौं राष्ट्रिय अधिवेशन भरतपुरमा सुरु भएको छ । अन्नत विभूति राष्ट्रिय सन्त समाजका अध्यक्ष श्री १००८ स्वामी ज्ञानानन्द सरस्वतीजी महाराज र विशिष्ट अतिथिहरुले संयुक्त रुपमा दीप प्रज्ज्वलन गरी शनिबार उद्घाटन गरेका हुन् ।

राष्ट्रिय सुरक्षा स्वावलम्बन, सुशासनका लागि चितवनको भरतपुरमा सुरु भएको उद्घाटन सत्रपछि बोल्दै प्रमुख अतिथि महाराजले असल राष्ट्र र धर्म निर्माणको लागि विद्यार्थी शक्ति संगठित हुनु पर्ने आवश्यकता रहेको बताए । आफूलाई जन्माउने आमालाई देउता समान मान्नु पर्ने, गुरुको सम्मान र सेवा गरे विद्या प्राप्त हुने भएकोले सही ज्ञान आजका विद्यार्थीले सिक्नु पर्ने उनको भनाइ थियो ।

- ADVERTISEMENT -

Advertisement

देशमा बढिरहेको भ्रष्टाचार, दुव्र्यसनी, बेरोजगारी, आर्थिक एवम् पर्यावरण संकट, बढ्दो सुरक्षा चुनौती आदि समस्याको समाधानमा युवा तथा प्राज्ञिक वर्गको भूमिका रहने परिषद्का राष्ट्रिय महासचिव विष्णु प्रसाद पंगेनीले बताए । अधिवेशनमार्फत देशको शिक्षा, आर्थिक, समसामयिक र संकल्प गरि चारवटा अलग अलग प्रस्तावहरू पारित हुने उनको भनाइ थियो । परिषद्को संगठनात्मक गतिविधि, समाजमा यसको प्रभाव र आवश्यकता, अगामी दिशाको विषयमा पनि उनले प्रष्ट पारे ।

परिषद्का अध्यक्ष डा. गोपीनाथ कण्डेलले विद्यार्थी परिषद्लाई समाजले स्वीकारि रहेकोले संगठनको पहिचान आवश्यक नरहेको उनले बताए । हरेक क्षेत्रमा विद्यार्थी परिषद्को आवश्यकता बढ्दै गएको विषय उनले उल्लेख गरे । उनले आज विदेशी शक्ति र विचारले देशलाई कमजोर बनाइरहेको परिस्थितिमा विद्यार्थी परिषद् एक दियो लिएर समाजमा अगाडि आइरहेकोले समाजलाई अब आशावादी हुन अनुरोध गरे ।

अधिवेशनको उद्घाटन सत्रमा अखिल भारतीय विद्यार्थी परिषद्का राष्ट्रिय संगठन मन्त्री आशिष चौहान, अधिवेशन स्वागत समिति अध्यक्ष ममता न्यौपाने, अधिवेशन स्वागत समिति महासचिव त्रिलोचन कण्डेल, बागमती प्रदेश अध्यक्ष बद्रीप्रसाद कोइराला विद्यार्थी परिषद्का केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, प्राज्ञिक वर्ग, देशभरबाट प्रतिनिधिहरु र चितवन भरतपुरका विभिन्न सामाजिक व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.88
151.48
European Euro
1
177.54
178.25
UK Pound Sterling
1
205.30
206.12
Swiss Franc
1
193.82
194.59
Australian Dollar
1
109.18
109.61
Canadian Dollar
1
110.56
110.99
Singapore Dollar
1
119.01
119.49
Japanese Yen
10
9.62
9.66
Chinese Yuan
1
22.18
22.27
Saudi Arabian Riyal
1
40.22
40.38
Qatari Riyal
1
41.41
41.58
Thai Baht
1
4.68
4.70
UAE Dirham
1
41.08
41.25
Malaysian Ringgit
1
38.48
38.63
South Korean Won
100
10.29
10.33
Swedish Kroner
1
16.39
16.46
Danish Kroner
1
23.76
23.85
Hong Kong Dollar
1
19.27
19.35
Kuwaity Dinar
1
492.75
494.71
Bahrain Dinar
1
399.84
401.43
Omani Rial
1
391.89
393.45