२०८३ जेष्ठ २३, शनिबार
June 6, 2026
२०८३ जेष्ठ २३, शनिबार
June 6, 2026 Saturday
- ADVERTISEMENT -

चितवनमा अन्तर्राष्ट्रिय नाट्य महोत्सव हुने

प्रकाशित मिति : २०८१ चैत्र ५ गते

चितवन / तीनवटा संस्थाको संयुक्त आयोजनामा चितवनमा पहिलोपटक अन्तर्राष्ट्रिय नाट्य महोत्सव हुने भएको छ । आउँदो चैत १० देखि १२ गतेसम्म नाट्य महोत्सव सञ्चालन हुन गइरहेको सोमबार पत्रकार सम्मेलन मार्फत कार्यक्रम संयोजक देवकुमार श्रेष्ठले जानकारी दिए ।

तरङ्ग नाट्य समूह चितवन, कर्मी चौतारी चितवन र नारायणी कला मन्दिरको संयुक्त आयोजनामा हुने नाट्य महोत्सवले पर्यटन प्रवद्र्धन हुने संयोजक श्रेष्ठको विश्वास छ । उनले चितवनलाई नाट्य पर्यटनको विकाससँग जोड्नका लागि पनि यो महोत्सवले विशेष भूमिका खेल्ने बताए । विविध सांस्कृतिक तथा ऐतिहासिक सम्पदाले भरिएको चितवन जिल्लामा विकसित हुँदै गरेको नाट्य परम्परालाई संरक्षण र प्रवद्र्धन गर्नका लागि पनि यस महोत्सवले भूमिका खेल्ने उनको भनाइ छ ।

- ADVERTISEMENT -

Advertisement

महोत्सवका निर्देशक अञ्जान प्रदीपले चितवनको कलायुक्त भूमिबाट नेपाली नाट्य संस्कृतिलाई अन्तर्राष्ट्रियस्तरमा पु¥याउनका लागि सहयोग मिल्ने बताए । उनका अनुसार महोत्सवमा नेपालसहित जापान, इरान, स्पेन, लिथुवानिया र भारतका पाँच
नाटक एउटै मञ्चमा मञ्चन हुनेछन् ।

महोत्सवमा सहभागी हुन पाँच राष्ट्रबाट करिब ४० कलाकारहरुको उपस्थिति रहने नाट्य महोत्सवका संयोजक श्रेष्ठले जानकारी दिए । ‘यो महोत्सवबाट करिब तीन हजार स्थानीय विभिन्न कोणबाट लाभान्वित हुने लक्ष्य लिइएको छ’, तरङ्ग नाट्य समूहका संस्थापक अध्यक्षसमेत रहेका श्रेष्ठले भने ।

- ADVERTISEMENT -

Advertisement

राजधानीस्थित मण्डला थिएटरमा हुने तेस्रो नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सवको अवसर पारेर चितवन जिल्लामा पनि नाट्य महोत्सव गर्ने तयारी गरेको आयोजकले जनाएको छ । महोत्सवको नारायणी कला मन्दिरतर्फका संयोजक निरञ्जन प्रधानका अनुसार यस महोत्सवले चितवन जिल्लाको कला, संस्कृति, र पर्यटनलाई प्रवद्र्धन गर्दै स्थानीय तथा अन्तर्राष्ट्रिय रङ्गकर्मीहरुलाई अनुभव र ज्ञान आदानप्रदान गर्ने अवसर प्रदान गर्नेछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.62
152.22
European Euro
1
176.47
177.17
UK Pound Sterling
1
204.25
205.06
Swiss Franc
1
192.51
193.27
Australian Dollar
1
108.29
108.72
Canadian Dollar
1
109.25
109.68
Singapore Dollar
1
118.15
118.62
Japanese Yen
10
9.48
9.52
Chinese Yuan
1
22.41
22.50
Saudi Arabian Riyal
1
40.38
40.54
Qatari Riyal
1
41.62
41.79
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
41.28
41.45
Malaysian Ringgit
1
37.64
37.79
South Korean Won
100
9.85
9.89
Swedish Kroner
1
16.24
16.30
Danish Kroner
1
23.61
23.70
Hong Kong Dollar
1
19.35
19.43
Kuwaity Dinar
1
493.96
495.91
Bahrain Dinar
1
402.07
403.66
Omani Rial
1
393.80
395.36