२०८३ असार २७, शनिबार
July 11, 2026
२०८३ असार २७, शनिबार
July 11, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

भारतद्वारा पाकिस्तान र पाकिस्तान अधीनस्थ कश्मीरमा हवाई हमला सुरु

प्रकाशित मिति : २०८२ बैशाख २४ गते
file photo

काठमाडौँ / भारतले पाकिस्तान र पाकिस्तान अधीनस्थ कश्मीर (पीओके) मा रहेका नौवटा आतङ्कवादी अड्डाहरूमा हवाई हमला गरेको छ । भारतीय सेनाले बुधबार राति करिब १ः३० बजे ‘अपरेशन सिन्दूर’ नामक विशेष कारबाही अन्तर्गत बहावलपुर, मुरिदके, बाग, कोटली र मुजफ्फराबादमा लक्षित आक्रमण गरेको हो ।

सैन्य स्रोतहरूका अनुसार, यिनै स्थानहरूबाट भारतमा भएका विभिन्न आतङ्कवादी आक्रमणहरूको योजना बनाइएको थियो र ती योजना यहींबाट कार्यान्वयन गरिएको थियो । भारतको रक्षा मन्त्रालयले औपचारिक रूपमा प्रतिक्रिया नजनाए पनि भारतीय सञ्चारमाध्यम दैनिक भास्करले पाकिस्तानबाट प्राप्त स्थानीय रिपोर्टको हवाला दिँदै बहावलपुरस्थित एक आतङ्कवादी शिविरमा कम्तीमा ३० जनाको मृत्यु भएको उल्लेख गरेको छ ।

- ADVERTISEMENT -

Advertisement

पाकिस्तानी सेनाको सञ्चार निकाय इन्टर–सर्भिसेज पब्लिक रिलेसन्स (आइएसपिआर) का निर्देशक लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले भारतले २४ वटा क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन् । उनले घटनालाई “गम्भीर उक्साहट” को संज्ञा दिँदै पाकिस्तान आवश्यक सुरक्षा जवाफका लागि तयार रहेको बताएका छन् ।

यस घटनाले भारत–पाकिस्तान सम्बन्धमा पुनः तनाब चुलिने संकेत देखिएको छ । भारतले पहलगाममा भएको आक्रमणपछि प्रतिशोधस्वरूप कारबाही गरेको बुझिएको छ । अन्तर्राष्ट्रिय समुदायले संयमता अपनाउन आह्वान गरिरहँदा दुवै देशबीचको बढ्दो सैन्य गतिविधिले दक्षिण एशियाली क्षेत्रमा अस्थिरता थप्न सक्ने विश्लेषण गरिएको छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.33
152.93
European Euro
1
174.09
174.78
UK Pound Sterling
1
204.22
205.03
Swiss Franc
1
188.77
189.52
Australian Dollar
1
105.69
106.10
Canadian Dollar
1
107.43
107.85
Singapore Dollar
1
117.82
118.28
Japanese Yen
10
9.38
9.42
Chinese Yuan
1
22.42
22.51
Saudi Arabian Riyal
1
40.57
40.73
Qatari Riyal
1
41.79
41.95
Thai Baht
1
4.56
4.57
UAE Dirham
1
41.48
41.64
Malaysian Ringgit
1
37.36
37.51
South Korean Won
100
10.07
10.11
Swedish Kroner
1
15.73
15.79
Danish Kroner
1
23.29
23.38
Hong Kong Dollar
1
19.44
19.51
Kuwaity Dinar
1
494.98
496.93
Bahrain Dinar
1
404.00
405.60
Omani Rial
1
395.64
397.20