Opens in a new tab
२०८३ आश्विन ५, सोमबार
September 21, 2026
२०८३ आश्विन ५, सोमबार
September 21, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

वैदेशिक रोजगारीको पीडा

प्रकाशित मिति : २०८२ असार ११ गते

विभिन्न सरकारी तथा गैरसरकारी संस्था एवम् गैरआवासीय नेपाली संघ (एनआरएन)को तथ्यांकअनुसार १८ वर्षदेखि ४० वर्ष उमेर समूहका ८० लाख युवा अर्थात् श्रमशक्ति नेपालबाहिर छन् । सरकारी तथ्यांकमा ६० लाख युवा देशबाहिर रहेको देखिन्छ, जुन वैधानिकरुपले विदेश जानेहरुको मात्र हो । अवैधानिकरुपमा विदेशमा रहेकाहरुको तथ्यांक सरकारसँग पनि छैन । एउटा विकासशील मुलुकका लागि देशको कुल जनसंख्याको २६ प्रतिशतभन्दा बढी युवा देशबाहिर हुनु दुर्भाग्य नै मान्नुपर्छ । वैदेशिक रोजगारीको मोह ः चाहे रहर होस् वा बाध्यता, दैनिक १५ सयभन्दा बढी युवाले देश छाड्ने गर्छन् । तीमध्ये दैनिक तीन जना बन्द बाकसमा लास बनेर फर्किन्छन् । यसबाहेक, विद्यार्थी भिसामा विदेश गएर ज्यान गुमाउनेको संख्या छुट्टै छ । वैदेशिक रोजगारमा गएका नेपालीले पठाएको साढे १४ खर्ब रूपैयाँबराबरको रेमिट्यान्सले देशको अर्थतन्त्र धानिएको छ भन्दा हामीलाई शरम लाग्नु स्वाभाविकै हो । तर, वास्तविकता हो कि मुलुकको वार्षिक बजेटको ठूलो हिस्सा वैदेशिक रेमिट्यान्सकै छ । स्वदेशी उत्पादन घट्दो क्रममा छ, परनिर्भरता बढ्दो छ । युवाशक्ति हातमा राहदानी बोकेर म्यानपावर कम्पनी धाउन छाडेका छैनन् । सरकारले युवाशक्तिलाई विदेश पलायन हुनबाट रोक्न सकिरहेको छैन ।

नेपाली युवा कामदारका रुपमा विदेशिनेक्रम तीव्ररुपमा वृद्धि भएसँगै रोजगार गन्तव्य मानिएका मुलुकहरुमा विभिन्न कारणले मृत्यु हुनेक्रम पनि अस्वाभाविकरुपमा बढिरहेको पाइएको छ । वैदेशिक रोजगारीमा गएका नेपाली कामदारमध्ये गत एक वर्षमा करिब ८०० नेपाली काठको बाकसमा फर्किएका छन् । पछिल्लो एक दशकमा करिब ९ हजार बढी नेपाली कामदारले विदेशमा ज्यान गुमाएको नेपाल वैदेशिक रोजगार विभागले जनाएको छ । यसमा अवैधानिकरुपमा मृत्यु हुनेको संख्यासमेत जोड्दा वार्षिक एक हजार नेपालीले विदेशमा ज्यान गुमाउन बाध्य भइरहेका छन् । नेपालीको औसत आयु ७१.३ वर्ष रहे पनि वैदेशिक रोजगारीमा जाने नेपाली औसतभन्दा आधा उमेरमै बित्ने गरेका छन् । विदेशबाट आउने शव पोस्ट मार्टम नगरी ल्याइने कारण मृत्युको कारण खुल्न सकेको छैन । सरकारले श्रम सम्झौता गर्दा बिमामार्फत अनिवार्य पोस्ट मार्टम गर्ने व्यवस्था गराउन सकेमात्र मृत्युको रहस्य पत्ता लगाउन सकिन्छ ।

- ADVERTISEMENT -

Advertisement

वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाउनेमध्ये धरैजसो कार्यस्थलमा हुने दुर्घटनाको सिकार हुन्छन् भने कतिपय सुतेकै अवस्थामा मृत भेटिन्छन् । यसबाहेक, आत्महत्या गर्नेको संख्या पनि बढ्दो छ । कार्यस्थलमा सुरक्षित वातावरण, अन्तर्राष्ट्रिय श्रम संगठनको निर्देशिकाअनुसार आराम, राम्रो बसोबासको व्यवस्थाबाट दुर्घटना न्यून गर्नुपर्ने भए पनि सरकारले त्यसतर्फ ध्यान दिन सकेको छैन । धेरै र कमसल रक्सी खाने, पानी कम पिउने, समयमा खानपानको प्रबन्ध नहुँदा स्ट्रोक, हृदयघातजस्ता कारणले नेपालीले ज्यान गुमाइरहेका छन् । प्राकृतिक तथा दैवी प्रकोपका कारणले हुने मृत्युलाई कसैले रोक्न सक्दैन । तर, असामयिक ढंगले हुने मृत्यु बढ्दै जानु चिन्ताको विषय हो । सरकारले समृद्ध नेपाल बनाउने संकल्प गर्ने तर रोजगारीका लागि भौँतारिँदै सयौँ युवा विदेसिनुपर्ने स्थितिले राज्यलाई दीर्घकालीन घाटामात्र पुग्ने गरेको छ । असुरक्षित गन्तव्य मानिएका मुलुकमा ठूलो संख्यामा युवाले ज्यान गुमाउनु परे पनि नेपाली समाजमा विदेश मोह घट्न सकेको छैन भने राज्यले विदेश पलायन रोक्न दीर्घकालीन योजना अघि सारेको छैन । सरकारले विदेशमा अकालमा ज्यान गुमाउनेहरुको संख्यालाई मध्यनजर गर्दै जनशक्ति पलायन रोक्न र स्वदेशमै रोजगारको विकल्प दिने योजना ल्याउनु जरूरी देखिन्छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.10
153.70
European Euro
1
175.82
176.51
UK Pound Sterling
1
205.08
205.88
Swiss Franc
1
186.22
186.95
Australian Dollar
1
108.99
109.42
Canadian Dollar
1
109.44
109.87
Singapore Dollar
1
119.97
120.45
Japanese Yen
10
9.76
9.80
Chinese Yuan
1
22.86
22.95
Saudi Arabian Riyal
1
40.76
40.92
Qatari Riyal
1
42.01
42.17
Thai Baht
1
4.59
4.61
UAE Dirham
1
41.68
41.85
Malaysian Ringgit
1
37.52
37.67
South Korean Won
100
11.04
11.09
Swedish Kroner
1
15.57
15.64
Danish Kroner
1
23.52
23.62
Hong Kong Dollar
1
19.52
19.59
Kuwaity Dinar
1
498.13
500.08
Bahrain Dinar
1
406.10
407.69
Omani Rial
1
397.66
399.22