२०८३ श्रावण ४, सोमबार
July 20, 2026
२०८३ श्रावण ४, सोमबार
July 20, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

पेनाल्टीमा नेपाल चुक्दा विश्वकप र ओलम्पिक छनोटबाट बञ्चित

प्रकाशित मिति : २०८२ असार २२ गते

काठमाडौं / नेपाली महिला राष्ट्रिय फुटबल टोलीको एएफसी एसियन कप खेल्ने सपना फेरि एकपटक अधुरै बनेको छ । शनिबार उज्वेकिस्तानमा भएको छनोट चरणको निर्णायक तथा अन्तिम खेलमा नेपालले घरेलु टोलीविरुद्ध अविश्वसनीय पुनरागमन गरे पनि पेनाल्टी सुटआउटमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो ।

दुई गोलले पछि परेको स्थिति उल्टाउँदै निर्धारित ९० मिनेटको खेल ३(३ को रोमाञ्चक बराबरीमा टुंग्याएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो । तर, पेनाल्टीमा नेपाल दुर्भाग्यशाली सावित भयो र ४(२ ले पराजय भोग्न बाध्य भयो ।

- ADVERTISEMENT -

Advertisement

तास्केन्तस्थित घरेलु मैदानमा उज्वेकिस्तानले खेलको सुरुवातमै नेपालमाथि दबाब बनायो । दोस्रो मिनेटमै खाबिबुलेएभाले गोल गर्दै आयोजकलाई अग्रता दिलाइन् । पहिलो गोलको झट्काबाट सम्हालिन नपाउँदै १२ औं मिनेटमा नेपालले अर्को दुर्भाग्यपूर्ण गोल बेहोर्‍यो । नेपाली डिफेन्डर समिक्षा घिमिरेको खुट्टामा ठोक्किएर बलले जाली चुमेपछि उज्वेकिस्तानले २(० को अग्रता बनायो ।

संकटमा परेको नेपालका लागि २४ औं मिनेटमा कप्तान सावित्रा भण्डारी ‘साम्बा’ले सान्त्वना गोल फर्काइन् । विपक्षी गोलकिपरको गल्तीको फाइदा उठाउँदै रश्मि कुमारी घिसिङको हेडर पासमा साम्बाले करिब २५ यार्ड टाढाबाट प्रहार गरेको सुन्दर सटले सिधै गोलपोस्टको जाली चुम्यो । तर, खेलको ३७ औं मिनेटमा सरस्वती हमालको ह्यान्डबलपछि पाएको पेनाल्टीलाई उज्वेकिस्तानकी मातफुना सोयीमोभाले गोलमा परिणत गर्दा पहिलो हाफमा नेपाल ३(१ ले पछि पर्‍यो ।

- ADVERTISEMENT -

Advertisement

पहिलो हाफको इन्ज्युरी समयमा साम्बामाथि फल गरेपछि उज्वेकिस्तानकी खेलाडीले दोहोरो पहेँलो कार्ड पाउँदै मैदान छाडिन् । यसले खेलमा नयाँ मोड ल्यायो र १० खेलाडीमा समेटिएको उज्वेकिस्तानविरुद्ध दोस्रो हाफमा नेपालले आक्रामक खेल प्रस्तुत गर्‍यो ।

दोस्रो हाफमा नेपाली चेलीहरूले अविश्वसनीय खेल प्रदर्शन गरे । लगातारको आक्रमणको फल नेपालले ७१ औं मिनेटमा पायो र खेललाई ३(२ को स्थितिमा ल्यायो । त्यसको एक मिनेट नबित्दै ७२ औं मिनेटमा कप्तान साम्बाले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई ३(३ को रोमाञ्चक बराबरीमा फर्काइन् ।

निर्धारित समय बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा धकेलियो । तर, यहाँ नेपालको भाग्यले साथ दिएन । नेपालकी ‘गोल मेसिन’ कप्तान सावित्रा भण्डारीको पहिलो प्रहार नै पोस्टमा लागेर बाहिरिनु नेपालका लागि ठूलो झट्का बन्यो । चौथो प्रहारमा गोलकिपर अन्जना राना मगरको सटलाई उज्वेकिस्तानी किपरले बचाइन् । नेपालका लागि गीता राना र सविता राना मगरले मात्र गोल गर्न सके ।

छनोटबाट समूह विजेता टोली मात्र अर्को वर्ष मार्चमा अष्ट्रेलियामा हुने एसियन कपमा पुग्ने थियो । महिला एसियन कप र विश्वकप र ओलम्पिकको पनि छनोटको आधार भएकोले एसियन कपमै छनोट नहुँदा नेपालले एकै पटक तीन मुख्य प्रतियोगिताको अवसर गुमाएको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.76
154.36
European Euro
1
175.89
176.58
UK Pound Sterling
1
206.88
207.68
Swiss Franc
1
190.44
191.18
Australian Dollar
1
107.36
107.78
Canadian Dollar
1
109.66
110.09
Singapore Dollar
1
119.04
119.51
Japanese Yen
10
9.47
9.51
Chinese Yuan
1
22.69
22.78
Saudi Arabian Riyal
1
40.94
41.10
Qatari Riyal
1
42.17
42.34
Thai Baht
1
4.57
4.59
UAE Dirham
1
41.86
42.03
Malaysian Ringgit
1
37.55
37.69
South Korean Won
100
10.33
10.37
Swedish Kroner
1
15.94
16.00
Danish Kroner
1
23.53
23.62
Hong Kong Dollar
1
19.61
19.69
Kuwaity Dinar
1
500.03
501.98
Bahrain Dinar
1
407.74
409.33
Omani Rial
1
399.36
400.91