२०८२ मंसिर २३, मंगलवार
December 9, 2025
२०८२ मंसिर २३, मंगलवार
December 9, 2025 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

भोलि भरतपुरमा लायन्सको बृहत रक्तदान कार्यक्रम

४ सय बढी रक्तदाताको अपेक्षा
प्रकाशित मिति : २०८२ कार्तिक १३ गते
- ADVERTISEMENT -

चितवन / लायन्स क्लब इन्टरनेशनल, डिष्टिक्ट ३२५ आर, क्लस्टर नं. ३ ले बृहत रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । भरतपुरको चौबीसकोठीमा भोलि (शुक्रबार) बिहान ७ बजेदेखि उक्त कार्यक्रम हुन गइरहेको पत्रकार सम्मेलन मार्फत क्लस्टर चिफ अजामिन ढकालले जानकारी दिए ।

मानव जीवन र स्वास्थ्यका लागि आवश्यक रगत संकलन गर्दै समाजमा “रक्तदान, जीवनदान”को भावना जागृत गराउने उद्देश्य रहेको ढकालले बताए । रक्तदान कार्यक्रममा चार सय बढीले रक्तदान गर्ने आयोजकको अनुमान छ ।

- ADVERTISEMENT -

Advertisement

यसै वर्ष क्लस्टरअन्तर्गत आयोजित रक्तदान कार्यक्रममा २७६ जना रक्तदाताले रक्तदान गरेर उल्लेखनीय योगदान दिएको बताउँदै उनले यसपटक अझ बढी सहभागीता हुने अपेक्षा गरिएको बताए ।

कार्यक्रमलाई सफल बनाउन लायन्स क्लबका पदाधिकारी, सदस्य, युवा स्वयंसेवक, सामाजिक संघसंस्था तथा स्थानीय समुदायलाई आव्हान समेत गरिएको छ । रक्तदान मात्र स्वास्थ्यको प्रतीक होइन, मानव जीवन बचाउने साझा प्रयास भएको उनको भनाई छ ।

कार्यक्रमलाई सफल बनाउन सबै सरोकारवालाहरू, सामाजिक संस्था, शुभेच्छुक र सञ्चारकर्मीहरूलाई सक्रिय सहयोगको लागि आयोजकले अनुरोध गरेको छ ।

कार्यक्रममा गर्भनर नवराज सापकोटाले विश्वभर १४ लाख सदस्य रहेको लायन्समा नेपालमा ४५ हजार हाराहारी सदस्य रहेको बताए । उनले लायन्सले शिक्षा, स्वास्थ्य, दृष्टि, संरक्षण वातावरण, भोकमरी निवारण, विपद् व्यवस्थापन, युवा सशक्तिकरण, मधुमेह र रक्तदान जस्ता सेवामूलक क्षेत्रमा उल्लेखनीय योगदान दिंदै आएको चर्चा गरे ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -