Opens in a new tab
२०८३ आश्विन ५, सोमबार
September 21, 2026
२०८३ आश्विन ५, सोमबार
September 21, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

सुनसरीमा सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, स्थिति तनावग्रस्त

प्रकाशित मिति : २०८२ पुष १७ गते

विराटनगर ।  सुनसरीको सीमावर्ती क्षेत्र कोशी गाउँपालिकामा सशस्त्र प्रहरी बल (एपीएफ) को गोली लागि एक स्थानीयको मृत्यु भएपछि स्थिति तनावग्रस्त बनेको छ । 

बुधबार मध्यराति तस्करी नियन्त्रणमा खटिएको सशस्त्र प्रहरीको टोलीले चलाएको गोली लागेर कोशी गाउँपालिका-१, पुरी टोलका ४५ वर्षीय विजय साहको ज्यान गएको हो ।

- ADVERTISEMENT -

Advertisement

घटना बुधबार राति करिब १:१० बजेको हो । भारतबाट सिटी सफारीमा ८-१० बोरा चिनी लिएर आउँदै गरेका साहमाथि सशस्त्र प्रहरीले गोली प्रहार गरेको थियो । 

गोली लागेर ढलेका साहको मृत्यु भएपछि आक्रोशित स्थानीय बासिन्दाले घटनास्थलमा प्रदर्शन गरिरहेका छन् । उनीहरूले घटना शंकास्पद रहेको र प्रहरीले नियोजित रूपमा गोली चलाएको भन्दै शव उठाउन दिएका छैनन् ।

घटनाको प्रकृतिलाई लिएर प्रहरी र स्थानीयको भनाइ बाझिएको छ । सशस्त्र प्रहरी बल कोशी प्रदेशका प्रमुख डीआईजी कुमार न्यौपानेले तस्करको समूहले पहिले आक्रमण गरेपछि आत्मरक्षाका लागि ‘जवाफी फायरिङ’ गर्नुपरेको दाबी गरेका छन् । 

‘चोरी पैठारीको सामान रोक्न खोज्दा तस्कर समूहबाट गोली चल्यो, त्यसको प्रतिवाद गर्दा घटना भएको हो,’ न्यौपानेले भने ।

यता, स्थानीय बासिन्दाले भने यो दाबीलाई अस्वीकार गरेका छन् । मृतक साहले सामान्य रुपमा सिटी सफारीमा चिनी ओसारिरहेको र सशस्त्र प्रहरीसँग ‘लेनदेन’ को विषयमा विवाद हुँदा गोली हानिएको उनीहरूको आरोप छ । सामान्य विवादमै मान्छे मार्ने काम भएको भन्दै उनीहरूले दोषीमाथि कारबाहीको माग गरेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.10
153.70
European Euro
1
175.82
176.51
UK Pound Sterling
1
205.08
205.88
Swiss Franc
1
186.22
186.95
Australian Dollar
1
108.99
109.42
Canadian Dollar
1
109.44
109.87
Singapore Dollar
1
119.97
120.45
Japanese Yen
10
9.76
9.80
Chinese Yuan
1
22.86
22.95
Saudi Arabian Riyal
1
40.76
40.92
Qatari Riyal
1
42.01
42.17
Thai Baht
1
4.59
4.61
UAE Dirham
1
41.68
41.85
Malaysian Ringgit
1
37.52
37.67
South Korean Won
100
11.04
11.09
Swedish Kroner
1
15.57
15.64
Danish Kroner
1
23.52
23.62
Hong Kong Dollar
1
19.52
19.59
Kuwaity Dinar
1
498.13
500.08
Bahrain Dinar
1
406.10
407.69
Omani Rial
1
397.66
399.22