Opens in a new tab
२०८३ आश्विन २३, शुक्रबार
October 9, 2026
२०८३ आश्विन २३, शुक्रबार
October 9, 2026 Friday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

बलिउडका चर्चित अभिनेता नाना पाटेकरको निधन

प्रकाशित मिति : २०८३ आश्विन २२ गते

काठमाडौं / बलिउडका चर्चित तथा दिग्गज अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ। बिहीबार बिहान भारतको गोवास्थित निवासमा हृदयाघात भएपछि उनको निधन भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

गोवाको डोना पाउलास्थित निवासमा बिहान करिब ५ः२० बजे उनको स्वास्थ्यमा गम्भीर समस्या देखिएको थियो । मणिपाल अस्पतालका चिकित्सक डा. शेखर साल्करका अनुसार पाटेकरलाई बचाउन करिब ४५ मिनेटसम्म लगातार सीपीआर दिइए पनि प्रयास सफल हुन सकेन।

- ADVERTISEMENT -

Advertisement

चिकित्सकका अनुसार घटनासम्बन्धी मेडिको–लिगल केस दर्ता गरिएको छ । मृत्युको यकिन कारण पत्ता लगाउन पोस्टमार्टम गरिने जनाइएको छ । सन् १९५१ जनवरी १ मा महाराष्ट्रमा जन्मिएका पाटेकर भारतीय चलचित्र उद्योगका प्रभावशाली अभिनेतामध्ये एक थिए।

आफ्नो विशिष्ट संवाद शैली, सशक्त अभिनय र जीवन्त चरित्र चित्रणका कारण उनले हिन्दी तथा मराठी चलचित्रमा छुट्टै पहिचान बनाएका थिए । उनले अभिनय गरेका ‘क्रान्तिवीर’, ‘परिन्दा’, ‘अब तक छप्पन’, ‘वेलकम’, ‘राजनीति’ र ‘नटसम्राट’ लगायतका चलचित्र चर्चित छन् ।

- ADVERTISEMENT -

Advertisement

अभिनयमा उल्लेखनीय योगदान पुर्‍याएबापत उनले राष्ट्रिय चलचित्र पुरस्कारसहित विभिन्न प्रतिष्ठित सम्मान प्राप्त गरेका थिए। पाटेकरको निधनसँगै भारतीय चलचित्र क्षेत्रले एक अनुभवी तथा प्रतिभाशाली कलाकार गुमाएको छ। उनको निधनको खबरले चलचित्रकर्मी र प्रशंसकहरूलाई स्तब्ध बनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
154.55
155.15
European Euro
1
173.02
173.69
UK Pound Sterling
1
204.42
205.21
Swiss Franc
1
185.50
186.22
Australian Dollar
1
107.68
108.10
Canadian Dollar
1
108.67
109.09
Singapore Dollar
1
120.76
121.23
Japanese Yen
10
9.76
9.80
Chinese Yuan
1
23.05
23.14
Saudi Arabian Riyal
1
41.17
41.33
Qatari Riyal
1
42.40
42.56
Thai Baht
1
4.59
4.60
UAE Dirham
1
42.08
42.24
Malaysian Ringgit
1
37.81
37.95
South Korean Won
100
11.55
11.60
Swedish Kroner
1
15.40
15.46
Danish Kroner
1
23.15
23.24
Hong Kong Dollar
1
19.69
19.77
Kuwaity Dinar
1
501.54
503.49
Bahrain Dinar
1
409.92
411.51
Omani Rial
1
401.43
402.99