Opens in a new tab
२०८३ कार्तिक १२, बुधबार
October 28, 2026
२०८३ कार्तिक १२, बुधबार
October 28, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

रानी केकको छैटौँ शाखा चितवनमा, कात्तिक ११ देखि १६ गतेसम्म जन्मदिन पर्नेलाई निःशुल्क केक

– बिना तामाङ
प्रकाशित मिति : २०८३ कार्तिक १२ गते
Photo : Newsprabah

चितवन / भरतपुर महानगरपालिका–१०, स्याउलीबजारचोकमा केक तथा बेकरी उत्पादनमा सक्रिय रानी केकले आफ्नो छैटौँ शाखा विस्तार गरेको छ ।

हाल दाङको तुलसीपुर र घोराही, रुपन्देहीको मणिग्राम, बाँके, सुर्खेत तथा चितवनको भरतपुरमा गरी छवटा शाखामार्फत सेवा विस्तार गरेको रानी केकका संस्थापक अध्यक्ष दिपक काफ्ले बुधबार पत्रकारलाई जानकारी दिएको हो ।

चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जिवी सुवेदले बुधबार उक्त रानी केकको छैंटो शाखा उद्घाटन गरेका हुन् ।

सन् २००८ फेब्रुअरी २६ मा स्थापना भएको रानी केकले ग्राहकलाई स्वादिष्ट, ताजा र गुणस्तरीय केक तथा बेकरी उत्पादन उपलब्ध गराउने उद्देश्यसहित आफ्नो व्यावसायिक यात्रा अघि बढाउँदै आएको छ ।

- ADVERTISEMENT -

Advertisement

रानी केक चितवन शाखाको सञ्चालन यादव काफ्ले र निराज काफ्ले हुन् भने विभिन्न शाखामा गरी हाल ७२ जना कर्मचारी कार्यरत छन् । चितवन शाखाबाट मात्रै सात जनाले रोजगारी पाउने काफ्लेले बताए ।

उद्घाटनको अवसरमा विशेष अफर
रानी केकले चितवन शाखाको उद्घाटनलाई विशेष बनाउन ग्राहकका लागि आकर्षक अफर सार्वजनिक गरेको छ । अफरअन्तर्गत कात्तिक ११ देखि १६ गतेसम्म जन्मदिन पर्ने भरतपुरवासीलाई उद्घाटन अवधिभर निःशुल्क केक उपलब्ध गराइनेछ ।

यस अफरमार्फत स्थानीय बासिन्दासँग खुसी साटासाट गर्दै नयाँ शाखाको शुभारम्भलाई विशेष बनाउने लक्ष्य लिइएको उनले बताए ।

रानी केकमा ग्राहकको माग र रुचिअनुसार विभिन्न स्वाद तथा फ्लेभरका केक तयार गरिने छन् भने केक उत्पादनलाई मुख्य प्राथमिकतामा राख्दै विभिन्न बेकरी परिकारसमेत उपलब्ध गराइने उनको भनाइ छ ।

ग्राहकको सुविधालाई ध्यानमा राखेर रानी केकले आफ्ना शाखा रहेका जिल्लाहरूमा केक अर्डर गर्ने ग्राहकलाई निःशुल्क डेलिभरी सेवासमेत उपलब्ध गराइने छ ।

सीप विकास र रोजगारी सिर्जनामा जोड
रानी केकले केक तथा बेकरी उत्पादन र बिक्रीसँगै युवा उद्यमशीलता तथा रोजगारी प्रवर्द्धनलाई पनि प्राथमिकता दिएको छ । संस्थाअन्तर्गत सञ्चालित रानी स्किल्समार्फत बरिस्ता तथा बेकरीसम्बन्धी तालिम प्रदान गरिँदै आएको छ ।

तालिममार्फत युवालाई व्यावहारिक सीप सिकाउने, रोजगारीका अवसर उपलब्ध गराउने तथा आफ्नै व्यवसाय सञ्चालन गर्न प्रोत्साहित गर्ने लक्ष्य राखिएको जनाएको छ ।

त्यसैगरी, संस्थासँग सम्बन्धित खुसी संसारमार्फत बेकरी तथा कफी उत्पादनसम्बन्धी गतिविधि सञ्चालन हुँदै आएको छ । यी गतिविधिबाट सयौँ युवाले रोजगारी प्राप्त गरेको उनले बताए ।

सामाजिक उत्तरदायित्वमा पनि सक्रिय
रानी केकले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सामाजिक कार्यलाई समेत महत्त्व दिँदै आएको छ। ४० वर्षमुनिका उत्कृष्ट युवामध्ये संस्थापक अध्यक्ष दीपक काफ्ले व्यावसायिक नेतृत्व, रोजगारी सिर्जना, उद्यमशीलता प्रवर्द्धन तथा सामाजिक योगदानका लागि सम्मानित भएका थिए ।

त्यसैगरी, आर्थिक अवस्था कमजोर भएका तथा केक खरिद गर्न नसक्ने व्यक्तिहरूका लागि जानकारी प्राप्त भएपछि निःशुल्क केक सहयोग उपलब्ध गराउने अभ्याससमेत अघि बढाइएको जनाएको छ।

अन्य सहरमा पनि शाखा विस्तार गर्ने योजना
रानी केकले आगामी दिनमा बर्दिया, भैरहवा, पोखरालगायत देशका अन्य सहरमा समेत शाखा विस्तार गर्ने योजना बनाएको छ । नयाँ शाखा विस्तारमार्फत गुणस्तरीय केक तथा बेकरी उत्पादनको पहुँच बढाउने, थप रोजगारी सिर्जना गर्ने र युवालाई उद्यमशीलतामा प्रोत्साहित गर्ने लक्ष्य लिएको संस्थापक अध्यक्ष काफ्लेले बताए ।

चितवनमा छैटौँ शाखा विस्तार गर्न पाउँदा आफूहरू उत्साहित रहेको जनाउँदै ग्राहकलाई ताजा, स्वादिलो र गुणस्तरीय केक उपलब्ध गराउँदै विश्वास कायम राख्ने प्रतिबद्धता उनले व्यक्त गरे ।

https://www.facebook.com/share/v/1A7ijmwdMn/

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.89
152.49
European Euro
1
169.21
169.88
UK Pound Sterling
1
202.24
203.04
Swiss Franc
1
183.34
184.07
Australian Dollar
1
106.71
107.13
Canadian Dollar
1
108.35
108.77
Singapore Dollar
1
118.50
118.97
Japanese Yen
10
9.63
9.67
Chinese Yuan
1
22.78
22.87
Saudi Arabian Riyal
1
40.47
40.63
Qatari Riyal
1
41.67
41.84
Thai Baht
1
4.50
4.52
UAE Dirham
1
41.36
41.52
Malaysian Ringgit
1
37.15
37.29
South Korean Won
100
11.44
11.49
Swedish Kroner
1
15.25
15.31
Danish Kroner
1
22.64
22.73
Hong Kong Dollar
1
19.36
19.44
Kuwaity Dinar
1
492.91
494.86
Bahrain Dinar
1
402.62
404.21
Omani Rial
1
394.50
396.06