Opens in a new tab
२०८३ आश्विन ३०, शुक्रबार
October 16, 2026
२०८३ आश्विन ३०, शुक्रबार
October 16, 2026 Friday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवनमा दोस्रो ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुने

प्रकाशित मिति : २०८३ आश्विन २९ गते
Photo : Bina Tamang / newsprabah

चितवन / निर्माण क्षेत्रको प्रवर्द्धन, घरजग्गा कारोबारलाई चलायमान बनाउने तथा स्वदेशमै लगानी र व्यवसायका अवसर सिर्जना गर्ने उद्देश्यले चितवनमा दोस्रो ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुने भएको छ ।

भिग्रुप इभेन्ट्स र एसवन होम्सको आयोजनामा आगामी मंसिर २५ देखि २७ गतेसम्म (डिसेम्बर ११ देखि १३, २०२६) भरतपुरस्थित चितवन उद्योग संघको एक्स्पो सेन्टरमा एक्स्पो सञ्चालन हुने छ ।

- ADVERTISEMENT -

Advertisement

बिहीबार आयोजित पत्रकार सम्मेलनमा एक्स्पो संयोजक विपिन कंडेलले पछिल्लो समय आर्थिक मन्दी, युवाको विदेश पलायन तथा लगानीमैत्री वातावरणको अभावलगायतका कारण घरजग्गा कारोबार सुस्ताएको बताए । निर्माण क्षेत्रको सम्भावनालाई उपयोग गर्दै आर्थिक गतिविधि बढाउने र घरजग्गा व्यवसायलाई पुनः गति दिने लक्ष्यसहित एक्स्पो आयोजना गर्न लागिएको उनले जानकारी दिए ।

६० स्टल, २५ हजार अवलोकनकर्ताको अपेक्षा
तीन दिनसम्म सञ्चालन हुने एक्स्पोमा देशभरका घरजग्गा व्यवसायी, निर्माण कम्पनी तथा निर्माण सामग्रीसम्बन्धी प्रदर्शकका करिब ६० वटा स्टल रहनेछन् । आयोजकले एक्स्पोमा करिब २५ हजार अवलोकनकर्ता सहभागी हुने अपेक्षा गरेको छ।

- ADVERTISEMENT -

Advertisement

प्रदर्शकका लागि स्टल बुकिङसमेत सुरु भइसकेको आयोजकले जनाएको छ। एक्स्पोमा सहभागी हुन सर्वसाधारणका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

एक्स्पोमा घरजग्गा खरिदकर्ता र विक्रेताबीच प्रत्यक्ष भेटघाट तथा अन्तरक्रियाको अवसर प्रदान गरिनेछ। साथै निर्माण कम्पनी, निर्माण सामग्रीका उत्पादक तथा विक्रेता, घरजग्गा व्यवसायी, इन्जिनियर, सरकारी निकायका प्रतिनिधि, विज्ञ र उपभोक्तालाई एउटै मञ्चमा ल्याएर परामर्श, अभिमुखीकरण तथा छलफल कार्यक्रम सञ्चालन गरिनेछ।

आधुनिक निर्माण प्रविधि र सुरक्षित आवासबारे जानकारी
घर निर्माण अधिकांश मानिसका लागि जीवनकै महत्वपूर्ण निर्णयमध्ये एक भए पनि पर्याप्त जानकारीको अभावमा लागत र समय बढ्ने तथा निर्माणको गुणस्तरमा समस्या आउन सक्ने आयोजकको भनाइ छ ।

यसलाई ध्यानमा राख्दै एक्स्पोमा आधुनिक निर्माण सामग्री, घरको डिजाइन, निर्माण प्रविधि, सरकारी मापदण्ड तथा सुरक्षित आवाससम्बन्धी जानकारी उपलब्ध गराइनेछ। घर निर्माण गर्न चाहने सर्वसाधारणले विभिन्न सामग्री, प्रविधि र सेवाबारे जानकारी लिएर आफ्नो आवश्यकता र बजेटअनुसार उपयुक्त विकल्प छनोट गर्न सक्ने अपेक्षा गरिएको छ ।

पछिल्ला वर्षमा विभिन्न स्थानमा भएका बाढीपहिरोलगायत प्राकृतिक विपद्ले सुरक्षित आवासको आवश्यकतालाई थप उजागर गरेको छ। यस्तो अवस्थामा सुरक्षित, गुणस्तरीय र किफायती आवास निर्माणबारे जानकारी दिन एक्स्पो उपयोगी हुने आयोजकको विश्वास छ।

स्वदेशमै उद्यम र लगानीका अवसर प्रवर्द्धन गरिने
एक्स्पोले निर्माण क्षेत्रसँग सम्बन्धित व्यवसायीलाई आफ्ना उत्पादन तथा सेवा प्रवर्द्धन गर्ने अवसर प्रदान गर्नेछ । त्यस्तै, निर्माण सामग्रीका उत्पादक, निर्माण कम्पनी तथा घरजग्गा व्यवसायीबीच व्यावसायिक सम्बन्ध विस्तार गर्न पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

देशभित्रै उपलब्ध सम्भावना र अवसरलाई उजागर गर्दै युवालाई स्वदेशमै उद्यम तथा व्यवसाय गर्न प्रोत्साहित गर्नु एक्स्पोको अर्को उद्देश्य रहेको आयोजकले जनाएको छ ।

चितवनको भौगोलिक अवस्थिति र निर्माण क्षेत्रमा रहेको सम्भावनालाई उपयोग गर्दै घरजग्गा कारोबार विस्तार गर्न तथा आर्थिक गतिविधि बढाउन एक्स्पोले महत्वपूर्ण भूमिका खेल्ने आयोजकको अपेक्षा छ ।

निर्माण कम्पनी, निर्माण सामग्री उत्पादक, घरजग्गा व्यवसायी, इन्जिनियर, विद्यार्थी, उपभोक्ता तथा सर्वसाधारणले एक्स्पोबाट लाभ लिन सक्नेछन् । सरकारी निकाय, निजी क्षेत्र, निर्माण व्यवसायी र सर्वसाधारणबीच सहकार्य बढाउँदै सुरक्षित, गुणस्तरीय र किफायती आवास निर्माणलाई प्रोत्साहन गर्ने आयोजकले जनाएको छ ।

आयोजकका अनुसार एक्स्पोले निर्माण क्षेत्रको विकास, घरजग्गा व्यवसायको प्रवर्द्धन तथा देशभित्रै आर्थिक अवसर सिर्जना गर्न योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.95
152.55
European Euro
1
170.07
170.74
UK Pound Sterling
1
201.57
202.37
Swiss Franc
1
182.30
183.02
Australian Dollar
1
106.52
106.95
Canadian Dollar
1
106.91
107.33
Singapore Dollar
1
118.53
119.00
Japanese Yen
10
9.59
9.63
Chinese Yuan
1
22.70
22.79
Saudi Arabian Riyal
1
40.46
40.62
Qatari Riyal
1
41.68
41.85
Thai Baht
1
4.53
4.54
UAE Dirham
1
41.37
41.54
Malaysian Ringgit
1
37.22
37.37
South Korean Won
100
11.38
11.42
Swedish Kroner
1
15.25
15.31
Danish Kroner
1
22.75
22.84
Hong Kong Dollar
1
19.36
19.44
Kuwaity Dinar
1
493.10
495.05
Bahrain Dinar
1
402.20
403.79
Omani Rial
1
394.67
396.23