March 29, 2024

४ सयभन्दा बढी सांसदले लगाए कोरोनाविरुद्धको खोप

March 3, 2021

काठमाडौ / संघीय संसद्का प्रतिनिधिसभा तथा राष्ट्रियसभाका सभामुख, मन्त्री तथा सांसदहरुको लागि बुधबारबाट खोप अभियान शुरु भएको छ ।
खोप अभियानको आज पहलो दिन ४ सय भन्दा बढीले खोप लगाएका छन् । संघीय संसदका सांसद तथा कर्मचारीका लागि निजामती कर्मचारी अस्पतालमा बुधबारदेखि सुरु भएको खोप कार्यक्रममा ४८२ जनाले खोप लगाएका हुन्।
संसद सचिवालयमा कार्यरत हेल्थ असिस्टेन्ट कृष्णकुमार खत्रीका अनुसार सभामुख अग्निप्रसाद सापकोटा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपाका अध्यक्ष माधव कुमार नेपाल, स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठी सहित १६५ जना संघीय संसदका सांसद, मन्त्री र पूर्व मन्त्रीले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
बुधबार बिहान १० बजेदेखि दिउँसो साढे ४ बजेसम्म खोप कार्यक्रम संचालन भएको थियो ।
सांसद तथा संसदका कर्मचारीका लागि शुक्रबारसम्म खोप कार्यक्रम जारी रहनेछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -