२०८३ श्रावण ११, सोमबार
July 27, 2026
२०८३ श्रावण ११, सोमबार
July 27, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

स्थानीय तहमा असारे विकासको चटारो

प्रकाशित मिति : २०७७ असार ३० गते

नवलपुर । लकडाउन केहि खुकुलो भए पछि अहिले नवलपरका स्थानीय तहमा बाटो निर्माण र अन्य भौतिक विकासहरु धमाधम सुरु हुन थालेका छन् । सधैको वर्ष जस्तै यो वर्ष पनि नवलपुरका स्थानीय तहमा अरु महिनाको तुलनामा असारे विकासमा बढि जोड दिइ विकास निर्माणका कामहरु सुरु गरिएको छ ।
लकडाउनका कारण अघि बढ्न नसकेको विकास निर्माणका कामहरु अघि बढाउनुपर्ने भन्दै स्थानीय तह असार मसान्तसम्म विकासका योजनाहरु सक्ने दौडमा लागेका छन् । सरकारले लकडाउनका समयमा अत्यावस्यक वस्तुहरु सञ्चालन हुन दिने निर्णय गरेसँगै विकास निर्माणका कामहरु पनि सुरु गरिएको स्थानीय तहरुले बताएका छन ।
जिल्लामा रहेका आठ स्थानीय तहरुले भौतिक निर्माण तथा सडकको काम सुरु गरेका छन् । विकास निर्माणका काम जारी रहँदा कोरोना प्रभावले स्थगित भएका विकास निर्माणका काम अन्र्तगत सडक सञ्चाल, खानेपानी, भवन निर्माण रहेका छन् । स्थानीय तहरुले विकासका कामहरु कार्यपालिकाको बैठक बसेर योजना तयार बनाइ असार मसान्तसम्म सबै विकास सक्ने गरी काम गरिरहेका छन् ।
सुरक्षित रुपमा विकास निर्माणका कामहरु सञ्चालन गर्ने निर्णय भएसँगै विकास निर्माण कामहरु सुरु गरिएको जनप्रतिनिधिहरु बताउँछन् । अहिले जिल्लामा करिव ११ दशमलव ३–४ प्रतिशत कामहरु सडक निर्माणको रहेको, ६ प्रतिशत भवन निर्माण रहेका छन् ।
ती विकास निर्माण कामहरु अवधि कुनै जेठ मसान्तसम्म रहेका छन् भने कुनै असार मसान्तसम्म काम सम्पन्न गरेर बजेट फर्छौट गर्नु पर्ने कारण पनि विकास निर्माणका कामहरु तीव्र रुपमा गरिरहेका हुन् । स्थानीय तहले अधुरो छाडेको विकास निर्माण कामहरु पुनः सुरु हुँदा स्थानीयहरुमा उत्साह र चिन्ता दुवै देखिएको छ । स्थानीयका अनुसार लकडाउनले अधुरो रहेको विकास निर्माणका कामहरु एकातर्फ सम्पन्न भएको छ भने अर्को तिर वर्षायाममा हतारहतारमा गरिएको विकास निर्माणको काम टिकाउ नहुनेमा चिन्ता रहेको स्थानीय बताउँछन् ।
विकासले गति लिनु नराम्रो होइन । तर विकासका लागि बनाइएका सडक तथा भवनहरु टिकाउ र दीर्घकालीन हुनुपर्नेमा बढि जोड दिनु आवश्यक छ । बजेट फ्रिज हुने डरले हतारमा गरिने विकासका कामहरुले तत्कालका लागि फाइदा पु¥याए पनि भविष्य भने औचित्य हिन नहोला भन्न सकिँदैन ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
154.21
154.81
European Euro
1
175.31
175.99
UK Pound Sterling
1
205.46
206.26
Swiss Franc
1
188.49
189.22
Australian Dollar
1
107.65
108.07
Canadian Dollar
1
109.41
109.83
Singapore Dollar
1
119.48
119.95
Japanese Yen
10
9.41
9.45
Chinese Yuan
1
22.77
22.86
Saudi Arabian Riyal
1
41.08
41.24
Qatari Riyal
1
42.32
42.48
Thai Baht
1
4.58
4.59
UAE Dirham
1
41.99
42.15
Malaysian Ringgit
1
37.69
37.84
South Korean Won
100
10.57
10.61
Swedish Kroner
1
15.88
15.94
Danish Kroner
1
23.46
23.55
Hong Kong Dollar
1
19.66
19.74
Kuwaity Dinar
1
501.01
502.96
Bahrain Dinar
1
408.99
410.58
Omani Rial
1
400.53
402.09