भिमसेन जात्रा स्थगित, घरघरमा दीपावली मनाउन आग्रह

0
211
फाइल फोटो गुगल ।

नारायणगढ / भिमसेन मन्दिर ब्यवस्थापन समिति पुतलीबजारले यस वर्ष भिमसेन जात्रा नमनाउने भएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसका कारण भिमसेन जात्रा नगरिने समितिका रविन्द्र ताम्राकारले न्यूजप्रवाह डटकमलाई जानकारी दिनुभयो ।
समितिको बैठकले भिमसेन जात्रामा निकालिने भव्य रथयात्रालाई स्थगित गर्ने निर्णय गरेको छ भने यसपटकलाई विशेष सावधानीपूर्वक नित्यपूजा गरिने ताम्राकारले बताउनुभयो ।
भोलि बिहीबार साँझ ७ः३० बजे मन्दिर परिसरमा दिप प्रज्वलन गरी दिपावली गरिने छ भने सम्पूर्ण भक्तजनहरुलाई पनि आ–आफ्नो घरमा दिपावलीका लागि सद्भाव प्रकट गर्नुहुन अनुरोध गरिएको छ ।