२०८३ बैशाख ३, बिहीबार
April 16, 2026
२०८३ बैशाख ३, बिहीबार
April 16, 2026 Thursday
- ADVERTISEMENT -

बौद्ध धर्म सेवा समितिले ‘बुद्ध जयन्ती’ मनाउँदै

प्रकाशित मिति : २०८१ जेष्ठ ८ गते

चितवन / बौद्ध धर्म सेवा समिति चितवनले यसवर्ष पनि बुद्ध जयन्ती मनाउने तयारी गरेको छ । बैशाख १० गते परेको २५६८औं बुद्ध जयन्ती मनाउनको लागि समितिका अध्यक्ष विकास गुरूङको संयोजकत्वमा बीस सदस्यीय मूल आयोजक समिति तथा १५ वटा उपसमिति गठन गरेर तयारी गरिएको मङ्गलबार पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो ।

समितिले यसवर्ष शान्ति पदयात्रासमेत गर्ने तयारी गरेको उनले बताए । १० गते बिहान ७ बजे गुम्बाबाट सुरू हुने यात्रा विशालचोक, दीपेन्द्र चोक, वीरेन्द्र क्याम्पस चोक, लायन्सचोक, सहिदचोक, लीलाचोक, रामेश्वर मन्दिरबाट सानो गुम्बा हुँदै महाबौद्ध गुम्बा आएर कार्यक्रम गर्ने तयारी भएको समितिका अध्यक्ष गुरूङले जानकारी दिए ।

- ADVERTISEMENT -

Advertisement

भरतपुर महानगरपालिकाले आयोजना गरेको भरतपुर भ्रमण वर्ष २०२४ लाई सफल पार्नको लागि पनि यसवर्ष शान्ति पदयात्रा गर्ने तयारी गरिएको उनको भनाइ छ ।

भरतपुर–२, स्थित महाबौद्ध गुम्बा परिसरमा हुने कार्यक्रममा गुरूङ समुदायमा लोपोन्मुख अवस्थामा पुगेको परम्परागत नृत्य घाँटुसमेत प्रदर्शन गरिने आयोजकले जनाएको छ । त्यसबाहेक दिनभर सांस्कृतिक कार्यक्रम, धर्मदेशना, पूजापाठ, प्रवचनलगायतका कार्यक्रम हुने समितिका अध्यक्ष गुरूङले बताए । ‘यसवर्ष हामीले धार्मिक तथा आध्यात्मिक व्यक्तिको उपस्थितिमा कार्यक्रम गर्न खोजेका छौं,’ उनले भने, ‘किनकि शान्तिको अग्रदूत भगवान गौतम बुद्धको उपदेशलाई शिरोपर गर्ने हाम्रो संस्कृति हो ।’

समितिले कार्यक्रमस्थल महाबौद्ध गुम्बा परिसरमा जेठ ६ गतेदेखि नै नियमित सरसफाइसहितको तयारी गरिरहेको छ । कार्यक्रम सम्पन्न गर्न आवश्यक खर्चको समेत व्यवस्था गरिरहेको अध्यक्ष गुरूङले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
149.11
149.71
European Euro
1
175.98
176.69
UK Pound Sterling
1
202.37
203.19
Swiss Franc
1
191.17
191.94
Australian Dollar
1
106.27
106.70
Canadian Dollar
1
108.43
108.87
Singapore Dollar
1
117.32
117.79
Japanese Yen
10
9.39
9.43
Chinese Yuan
1
21.88
21.96
Saudi Arabian Riyal
1
39.73
39.89
Qatari Riyal
1
40.90
41.06
Thai Baht
1
4.66
4.67
UAE Dirham
1
40.60
40.76
Malaysian Ringgit
1
37.74
37.89
South Korean Won
100
10.14
10.18
Swedish Kroner
1
16.28
16.35
Danish Kroner
1
23.55
23.64
Hong Kong Dollar
1
19.04
19.11
Kuwaity Dinar
1
486.73
488.69
Bahrain Dinar
1
395.26
396.85
Omani Rial
1
387.29
388.85