२०८३ श्रावण १३, बुधबार
July 29, 2026
२०८३ श्रावण १३, बुधबार
July 29, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

नारायणपुरको उर्ग्यान नोर्बु गुम्बामा आने रिन्छेनलाई स्वागत

प्रकाशित मिति : २०८१ चैत्र १३ गते

– बबिलाल तामाङ
चितवन । उर्ग्यान नोर्बु छोयलिङ गुम्बा भरतपुर–५, नारायणपुर परिवारले आने (महिला लामा गुरु) पाल्मो रिन्छेनलाई स्वागत तथा सम्मान गरेको छ ।

भारतको महेश्वरी विश्व–विद्यालयमा दुई लोसुम (६ वर्ष) अध्ययन गरी फर्केका आने रिन्छेनलाई आइतबार स्वागत तथा सम्मान गरिएको गुम्बाका अध्यक्ष चेतबहादुर तामाङले जानकारी दिए ।

- ADVERTISEMENT -

Advertisement

गुम्बाका अध्यक्ष चेतबहादुर तामाङ, प्रमुख लामा गुरु पेमा वाङ्चु र स्थानीयहरुद्वारा आने रिन्छेनलाई खादा प्रदान गरेर श्रद्धाभाव प्रकट गरिएको थियो ।

आने रिन्छेन लोसुम अध्ययनका लागि २०७५ सालमा भारत गएका हुन् । विशेषगरी काजक्रिया गर्ने सवालमा तामाङ समुदायमा लोसुम अध्ययन गरेका लामा गुरुलाई मान्यता दिने प्रचलन छ । लोसुम अध्ययनका लागि घोर, त्याग, तपस्या र कठोर परिश्रम आवश्यक पर्ने गुम्बा अध्यक्ष तामाङ बताउँछन् ।

- ADVERTISEMENT -

Advertisement

उनका अनुसार समाजमा लोसुम अध्ययन गरेका लामा गुरुहरु कमै पाइन्छ । तामाङको संस्कार र संस्कृतिमा यसको ठूलो महत्व हुने हुनाले लामा गुरुलाई यसको अध्ययन जरुरी भएको उनले बताए ।

काठमाडौंवासी आने रिन्छेन चितवनमा आफन्तको भेटघाटमा आएकी हुन् भने अझै केही समय रहने छन् । रिन्छेनले आफूले प्राप्त गरेको शिक्षालाई यहाँको बसाईमा अध्यापन गराइने बताइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.07
153.67
European Euro
1
173.83
174.52
UK Pound Sterling
1
203.26
204.06
Swiss Franc
1
186.61
187.35
Australian Dollar
1
106.62
107.04
Canadian Dollar
1
108.44
108.87
Singapore Dollar
1
118.33
118.79
Japanese Yen
10
9.34
9.38
Chinese Yuan
1
22.61
22.70
Saudi Arabian Riyal
1
40.77
40.93
Qatari Riyal
1
41.99
42.15
Thai Baht
1
4.55
4.57
UAE Dirham
1
41.68
41.84
Malaysian Ringgit
1
37.41
37.55
South Korean Won
100
10.48
10.52
Swedish Kroner
1
15.70
15.77
Danish Kroner
1
23.25
23.35
Hong Kong Dollar
1
19.52
19.60
Kuwaity Dinar
1
497.06
499.01
Bahrain Dinar
1
405.89
407.48
Omani Rial
1
397.57
399.13