२०८३ श्रावण ११, सोमबार
July 27, 2026
२०८३ श्रावण ११, सोमबार
July 27, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

कला मन्दिरको अध्यक्षमा जोशी

प्रकाशित मिति : २०७६ पुष १५ गते
नवनिर्वाचित अध्यक्ष उद्धव जोशी

नारायणगढ । नारायणी कला मन्दिर नारायणगढको ४४औं वार्षिक साधारण तथा अधिवेशन सोमबार सम्पन्न भएको छ ।
उक्त अधिवेशनमा उद्धव जोशी निर्वाचित हुन सफल भएको छ । नवनिर्वाचित जोशीले दीपक शाही ठकुरीलाई भारी मतान्तरले हराउँदै अध्यक्षमा जित हासिल गरेका हुन् । उक्त निर्वाचनमा जोशीले ९४ मत प्राप्त गरे भने प्रतिद्वन्दी ठकुरीले जम्मा २६ मत मात्रै पाउन सफल भएका थिए । अधिवेशनमा अध्यक्ष पदमा निर्वाचन भएको थियो पनि अन्य कार्यसमिति सदस्यहरु भने निर्विरोध चयन भएका हुन् ।
कार्यसमिति सदस्यहरुमा सुस्मिता श्रेष्ठ, हर्षमान श्रेष्ठ, शालिग्राम सापकोटा, सुशीलगोपाल न्याच्छ्यो, सुवीर श्रेष्ठ, हरिकुमार राजभण्डारी, प्रवीणकुमार श्रेष्ठ, अनुकुल श्रेष्ठ, रवीन्द्र रेग्मी, रामशरण सिलवाल र सनदकुमार पिया चयन भएका छन् । कार्यसमितिको पहिलो बैठकबाट उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र कार्यसमितिको जिम्मेवारी बाँडफाँड हुने नवनिर्वाचित अध्यक्ष जोशीले जानकारी दिए ।
कार्यक्रममा प्रमुख अतिथि भरतपुर २ का अध्यक्ष पूर्णबहादुर श्रेष्ठले आफ्नो कार्य अवधिभर आर्थिक वर्षदेखि वार्षिक एक लाख रूपैयाँको दरले वडाबाट बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाए । आर्थिक वर्ष २०७६÷०७७ सम्ममा कला मन्दिर भएका केही पुराना संरचनाहरुलाई हटाई नयाँ व्यवस्थापन गरी दिने आश्वासन दिए ।
कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधानले पनि स्थानीय सरकारले नियमित बजेट छुट्याएर कला, साहित्यको संरक्षण र सम्बद्र्धनमा काम गर्नुपर्ने बताए । सत्रमा बोल्दै कला मन्दिरका पूर्वअध्यक्ष एवम् सल्लाहकार प्रेमविनोद नन्दनले भवन जीर्ण अवस्थामा पुगिसकेकोले राज्यको गहना मानेर महानगरपालिकाले यसको मर्मत सम्भारमा ध्यान दिनुपर्ने बताए ।
त्यसैगरी अधिवेशनको अवसर पारेर कला मन्दिरले यसवर्ष स्वर्गीय शिव रेग्मी स्मृति पुरस्कारबाट कला मन्दिरकी कलाकार निशु मगरलाई पुरस्कृत गरेको छ । मगरलाई नगद १० हजारसहित पुरस्कृत गरिएको हो । यस्तै यस वर्षको उत्कृष्ट कलाकारको रुपमा कला मन्दिरका कलाकारद्वय सपना नेपाली र सिर्जना पौडेललाई सम्मान गरिएको छ ।
सोही अवसरमा नारायणी कला मन्दिरले हरेक प्रकाशन गर्दै आएको ‘मारूनी’को १७औँ फन्कोको पनि विमोचन गरिएको छ । कला मन्दिरका अध्यक्ष अमरदेव प्रधानको अध्यक्षतामा उद्घाटन सत्र सम्पन्न भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
154.21
154.81
European Euro
1
175.31
175.99
UK Pound Sterling
1
205.46
206.26
Swiss Franc
1
188.49
189.22
Australian Dollar
1
107.65
108.07
Canadian Dollar
1
109.41
109.83
Singapore Dollar
1
119.48
119.95
Japanese Yen
10
9.41
9.45
Chinese Yuan
1
22.77
22.86
Saudi Arabian Riyal
1
41.08
41.24
Qatari Riyal
1
42.32
42.48
Thai Baht
1
4.58
4.59
UAE Dirham
1
41.99
42.15
Malaysian Ringgit
1
37.69
37.84
South Korean Won
100
10.57
10.61
Swedish Kroner
1
15.88
15.94
Danish Kroner
1
23.46
23.55
Hong Kong Dollar
1
19.66
19.74
Kuwaity Dinar
1
501.01
502.96
Bahrain Dinar
1
408.99
410.58
Omani Rial
1
400.53
402.09