२०८३ श्रावण २७, बुधबार
August 12, 2026
२०८३ श्रावण २७, बुधबार
August 12, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवनमा ‘मालती मङ्गले’को प्रचार-प्रसार, बैशाख २५ देखि प्रदर्शन हुने

प्रकाशित मिति : २०८३ बैशाख २० गते

भरतपुर / देशभर प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली चलचित्र मालती मङ्गलेको कलाकार तथा निर्माण टिम चितवन आइपुगेका छन् ।

चलचित्र पत्रकार संघ चितवनका अध्यक्ष गोविन्द अर्यालका अनुसार फिल्मका मुख्य कलाकार र निर्माण टिम चलचित्रको प्रचारप्रसारका लागि आइतबार चितवन आइपुगेको हो ।

- ADVERTISEMENT -

Advertisement

कमलनगर स्थित होटल हेप्पी होममा गरिएको पत्रकारसँगको भेटघाट कार्यक्रममा बोल्दै गायक तथा नायक साथै निर्माण टिमका रामकृष्ण ढकालले चलचित्र यही बैशाख २५ गतेदेखि देशभर प्रदर्शनमा आउने जानकारी दिए । ढकालले चलचित्र विशुद्ध सामाजिक यथार्थमा आधारित रहेको बताउँदै हरेक घरको समस्यालाई उजागार गर्न खोजिएको बताए ।

उनका अनुसार चलचित्रले हाम्रो समाजमा भइरहेका वास्तविक घटना, सम्बन्धका उतारचढाव तथा भावनात्मक जटिलतालाई पर्दामा उतार्ने प्रयास गरिएको छ ।

चलचित्रमा विशेषगरी श्रीमान–श्रीमतीबीचको प्रेम, विश्वास, द्वन्द्व र पारिवारिक सम्बन्धको गहिरो पक्षलाई फिल्मले प्रस्तुत गरेको उनले भने ।

चलचित्र मालती मंगलेमा नायक विजय बराल ‘मंगले’ र वर्षा राउत ‘मालती’को भूमिका देखिने छन् । यस्तै हास्यव्यङ्ग्यबाट कला क्षेत्रमा प्रवेश गरेका मेक्सम गौड्याल पनि फरक भूमिकामा देखिँदैछन् भने यो उनको दोश्रो चलचित्र हो ।

रानी फ्लिम्सको ब्यानरमा निर्माण गरिएको मालती मंगलेमा रामकृष्ण ढकालको प्रस्तुति तथा लगानी रहेको छ । प्रकु पाण्डेय को निर्देशनमा बनेको यस चलचित्रका कार्यकारी निर्माता सागर ज्ञवाली हुन् ।

पछिल्लो समय थिएटरमा एक्सन प्रधान फिल्मको दबादबा रहँदै आएको छ भने मालती मंगलेमा कलाकारको निकै मेहनत र विशुद्ध सामाजिक चलचित्र भएकोले दर्शकहरुको मन जित्न सफल हुने निर्माण पक्षको दावी छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.40
153.00
European Euro
1
175.79
176.48
UK Pound Sterling
1
205.76
206.57
Swiss Franc
1
187.88
188.62
Australian Dollar
1
107.53
107.96
Canadian Dollar
1
109.37
109.80
Singapore Dollar
1
118.96
119.42
Japanese Yen
10
9.57
9.60
Chinese Yuan
1
22.59
22.68
Saudi Arabian Riyal
1
40.59
40.75
Qatari Riyal
1
41.80
41.97
Thai Baht
1
4.59
4.61
UAE Dirham
1
41.50
41.66
Malaysian Ringgit
1
37.24
37.39
South Korean Won
100
10.76
10.80
Swedish Kroner
1
16.02
16.08
Danish Kroner
1
23.51
23.61
Hong Kong Dollar
1
19.42
19.50
Kuwaity Dinar
1
496.26
498.21
Bahrain Dinar
1
404.19
405.78
Omani Rial
1
395.83
397.39