भरतपुर / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवन जिल्ला अधिवेशन आज (आइतबार) हुँदैछ । भरतपुर ४ को स्वाद सदन पार्टी प्यालेसमा बिहान ११ बजे अधिवेशन हुन लागेको अधिवेशन आयोजक समितिका सभापति कृष्णप्रसाद भुसालले जानकारी दिए ।
अधिवेशनको उद्घाटन चितवन क्षेत्र नं १ बाट निर्वाचित सांसद हरि ढकालबाट हुनेछ भने अधिवेशनमा चितवनका समानुपातिक सांसद प्रभा ढकाल र समिना मियाँको उपस्थिति रहनेछ ।
- ADVERTISEMENT -

रास्वपाको चितवन जिल्ला सभापतिमा चार जना उमेदवारी परेको सभापति भुसालले बताए । माडी–४ का हालका सभापति कृष्णप्रसाद भुसालले पुनः सभापतिमा उमेदवारी मनोनयन दर्ता गरेको बताए ।
यसैगरी भरतपुर–१२ का एकराज बुर्लाकोटी, भरतपुर–१३ का मिनीमाधव खनाल, भरतपुर–४ का प्रकाश आचार्यले जिल्ला सभापतिमा उमेदवारी मनोनयन गरेका छन् ।
- ADVERTISEMENT -

यस्तै उपसभापतिमा ३ जना, सचिवमा २ जना, सहसचिवमा ४ जनाको उमेदवारी परेको छ । ९ जनाको सदस्यमा १४ जनाको उमेदवारी परेको रास्वपा जिल्ला सभापति भुसालले बताए । अधिवेशनले १५ जनाको जिल्ला कार्यसमिति बनाउनेछ ।











































