२०८३ श्रावण ८, शुक्रबार
July 24, 2026
२०८३ श्रावण ८, शुक्रबार
July 24, 2026 Friday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवनको सडक दुर्घटनामा १०५ जनाको मृत्यु, जोखिम कायमै

प्रकाशित मिति : २०८३ श्रावण ७ गते

भरतपुर / चितवनमा गत आर्थिक वर्ष २०८२–०८३ को एक वर्षको अवधिमा सवारी दुर्घटनामा १०५ जनाको मृत्यु भएको छ । सो अवधिमा जिल्लाका विभिन्न स्थानमा ५४५ वटा दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।

चितवनमा अघिल्लो आवको तुलनामा दुर्घटना र मृतकको संख्या भने घटेको पाइएको छ । ती दुर्घटनामा परी ९९९ जना घाइते भएका छन् । यस अवधिमा पूर्व–पश्चिम राजमार्गमा १३७ सवारी दुर्घटना भएका थिए । ती दुर्घटनामा ३४ जनाको मृत्यु भएको थियो भने २१४ जना घाइते भएका थिए ।

- ADVERTISEMENT -

Advertisement

यस्तै, नारायणगढ–मुग्लिन सडकखण्डमा भएका ४८ दुर्घटनामा १० जनाको मृत्यु भएको थियो भने १८० जना घाइते भएका थिए । पृथ्वी राजमार्गअन्तर्गत २२ सवारी दुर्घटना हुँदा छ जनाको मृत्यु भएको थियो । ६२ जना घाइते भएका थिए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार सहरी सडकखण्डमा ५५ दुर्घटनामा १४ जनाको मृत्यु भएको थियो । सो दुर्घटनामा ७३ घाइते भएका थिए । अन्य भित्री सडकमा २८३ दुर्घटनामा ४१ जनाको मृत्यु भएको थियो भने ४७० घाइते भएका थिए । गत आवमा ९७ जना गम्भीर घाइते र ९०२ जना सामान्य घाइते भएको उनले बताए ।

- ADVERTISEMENT -

Advertisement

आव २०८१र०८२ मा जिल्लाका विभिन्न सडकमा भएको सवारी दुर्घटनामा १२० जनाको ज्यान गएको थियो । सवारी दुर्घटना पनि कमी आएको छ । सो आवमा एक हजार ५० वटा दुर्घटनामा परी एक हजार ८७७ जना घाइते भएका थिए । यसमध्ये १७२ जना गम्भीर घाइते भएका थिए ।

गत आर्थिक वर्षमा तीव्र गतिका कारण धेरै दुर्घटना भएको पाइएको छ । कार्यालयको तथ्याङ्कअनुसार ३८ प्रतिशत दुर्घटना तीव्र गतिका कारण भएको छ भने २२ प्रतिशत दुर्घटना चालकको लापर्बाहीका कारण भएको देखिन्छ । यस्तै, १७ प्रतिशत ९रोड युजर० सडकका कारणले भएको उनले बताए ।

जिल्ला ट्राफिक कार्यालयको तथ्याङ्कअनुसार चितवनमा भएका दुर्घटनामा धेरैजसो दुईपाङ्ग्रे सवारीसाधन परेका छन् । दुईपाङ्ग्रे सवारीसाधनबाट दुर्घटना हुँदा ५२ जनाको मृत्यु भएको छ । १८ जना पैदलयात्रीको सवारी साधनको ठक्करबाट मृत्यु भएको छ । यस्तै, जिप तथा कारको ठक्करबाट आठ जना, टेम्पो दुर्घटनाबाट आठ जना, शारीरिक शक्तिबाट चल्ने सात वटा, बस दुर्घटनामा पाँच जना, ट्रक, ट्याङ्कर दुर्घटनाबाट तीन माइक्रो दुर्घटनाबाट एक र पहिचान नखुलेका सवारीसाधनबाट तीन जनाको मृत्यु भएको उल्लेख छ ।

कार्यालयको तथ्याङ्कअनुसार गत आवमा तीव्र गतिका कारण २०९ दुर्घटना भएको छ । चालकको लापर्बाहीले १२१ दुर्घटना भएका छन् । यस्तै, यात्रुका कारण ९७, मादक पदार्थ सेवन गरेर ३५, ‘ओभरटेक’ गर्ने क्रममा २८, सडकका कारण ३५, यान्त्रिक समस्याका कारण आठ, मौसमका कारण छ, पशुचौपायका कारण तीन र अन्न्य कारणले तीन सवारी दुर्घटना भएको छ ।

प्रमुख थापाका अनुसार जिल्लामा भएका दुर्घटना साँझ र रातको समयमा बढी भएको छ । गत आवमा साँझ ६ः०० बजेदेखि राति १२ः०० बजेसम्मको समयमा २१४ वटा दुर्घटना भएको छ । यस्तै, दिउँसो १२ः०० बजेदेखि साँझ ६ः०० बजेसम्म १५६, बिहान ६ः०० बजेदेखि दिउँसो १२ः०० बजेसम्म १२४ र राति १२ः०० बजेपछि ६ः०० बजेसम्म ५१ वटा दुर्घटना भएका छन् ।

कार्यालयले एक वर्षमा १० हजार ८० सवारी चालकलाई कारबाही गरेको जनाएको छ । यसमध्ये एक हजार ३७९ जना मापसे गरेका र एक सय जना लापसे सेवन गरेका हुन् । अन्य ट्रफिक नियम पालना नगर्नेहरु रहेका छन् । उनीहरुबाट एक करोड ७५ लाख ७७ हजार ५०३ रुपैयाँ राजस्व संकलन गरिएको जनाइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
154.21
154.81
European Euro
1
175.88
176.56
UK Pound Sterling
1
206.19
207.00
Swiss Franc
1
189.79
190.52
Australian Dollar
1
107.86
108.28
Canadian Dollar
1
109.39
109.81
Singapore Dollar
1
119.43
119.89
Japanese Yen
10
9.46
9.50
Chinese Yuan
1
22.77
22.86
Saudi Arabian Riyal
1
41.09
41.25
Qatari Riyal
1
42.30
42.47
Thai Baht
1
4.56
4.58
UAE Dirham
1
41.99
42.15
Malaysian Ringgit
1
37.73
37.88
South Korean Won
100
10.41
10.45
Swedish Kroner
1
15.88
15.94
Danish Kroner
1
23.53
23.62
Hong Kong Dollar
1
19.67
19.75
Kuwaity Dinar
1
501.01
502.96
Bahrain Dinar
1
408.99
410.58
Omani Rial
1
400.55
402.10