२०८३ भाद्र २७, शनिबार
September 12, 2026
२०८३ भाद्र २७, शनिबार
September 12, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

रसुवा बाढीमा दिवङ्गतप्रति भरतपुर–२७ को श्रद्धाञ्जली सभा

गुम्बाको एक लाख बढी आर्थिक सहयोग
प्रकाशित मिति : २०८३ भाद्र २६ गते

चितवन / रसुवामा आएको विनाशकारी बाढीपहिरोमा परी ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै भरतपुरमा विशेष मणिमोलाम पाठ, दीप प्रज्वलन तथा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।

भरतपुर–२७, पर्शाढापस्थित धेकी छ्येलिङ बौद्ध गुम्बाको आयोजना तथा महाबौद्ध संघ–नेपालको सहजीकरणमा आज (शुक्रबार) उक्त कार्यक्रम सम्पन्न भएको हो ।

- ADVERTISEMENT -

Advertisement

बौद्ध परम्पराअनुसार आयोजित कार्यक्रममा दिवङ्गत आत्माहरूको शान्ति, सुगति तथा सद्गतिको कामना गर्दै विशेष मणिमोलाम पाठ गरिएको थियो भने दिवङ्गतप्रति श्रद्धाञ्जली अर्पण गर्दै दीप प्रज्वलन गरिएको महाबौद्ध संघका अध्यक्ष मेकना तामाङले जानकारी दिए ।

अध्यक्ष तामाङले विपद्का समयमा मानवीय करुणा, आपसी सहयोग, सद्भाव तथा सामाजिक एकताको महत्वबारे जोड दिँदै विपद्बाट प्रभावित परिवार तथा समुदायलाई आवश्यक सहयोग र सहकार्यका लागि सबै पक्ष एकजुट हुनुपर्नेमा समेत जोड दिए ।

कार्यक्रममा बाढी तथा अन्य विपद्मा परी ज्यान गुमाउने सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै दिवङ्गत आत्माहरूले शान्ति तथा सुगति प्राप्त गरून् र शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गरिएको थियो ।

सोही अवसरमा भोटेकोशी बाढीबाट प्रभावित तथा पीडित परिवारहरूको राहतका लागि रु. १ लाख १ हजार ७ सय १० सहयोग गरिएको छ ।

धेकी छ्येलिङ बौद्ध गुम्बाबाट संकलित उक्त सहयोग रकम महाबौद्ध संघ–नेपालको सहजीकरणमा नेपाल सरकारको राहत कोषमा जम्मा गरिएको हो ।

कार्यक्रममा गुम्बाका प्रतिनिधि, मणि आमा समूहका सदस्य, गुम्बाका पदाधिकारी, बौद्ध धर्मावलम्बी, समाजसेवी तथा स्थानीय श्रद्धालुहरूको सहभागिता रहेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.59
153.19
European Euro
1
176.96
177.65
UK Pound Sterling
1
206.18
206.99
Swiss Franc
1
187.34
188.08
Australian Dollar
1
109.41
109.84
Canadian Dollar
1
110.19
110.62
Singapore Dollar
1
120.35
120.83
Japanese Yen
10
9.90
9.94
Chinese Yuan
1
22.75
22.84
Saudi Arabian Riyal
1
40.63
40.79
Qatari Riyal
1
41.86
42.02
Thai Baht
1
4.62
4.64
UAE Dirham
1
41.55
41.71
Malaysian Ringgit
1
37.49
37.63
South Korean Won
100
11.37
11.41
Swedish Kroner
1
15.75
15.81
Danish Kroner
1
23.67
23.77
Hong Kong Dollar
1
19.46
19.53
Kuwaity Dinar
1
497.60
499.56
Bahrain Dinar
1
404.72
406.31
Omani Rial
1
396.33
397.89