Opens in a new tab
२०८३ आश्विन १४, बुधबार
September 30, 2026
२०८३ आश्विन १४, बुधबार
September 30, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

‘निःशुल्क शिक्षा कार्यान्वयनका लागि साझा प्रयास अपरिहार्य’

प्रकाशित मिति : २०८३ आश्विन १४ गते

– कमल के.सी.
चितवन । सरकारले घोषणा गरेको निःशुल्क शिक्षा अभियान सरकारी प्रयासले मात्र सम्भव नहुने तथ्यमाथि जोड दिइएको छ । मंगलबार अङ्कुरम् एकेडेमीमा शिक्षा तथा खेलकुद मन्त्रालयका सहसचिव शिवकुमार सापकोटाको प्रमुखआतिथ्यतामा आयोजित ‘शैक्षिक गुणस्तर अभिवृद्धिका लागि सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापकहरूको अन्तक्र्रिया तथा छलफल कार्यक्रम’मा सो तथ्यमाथि जोड दिइएको हो ।

शिक्षा विकास तथा समन्वय इकाइ चितवको आयोजना तथा अङ्कुरम् एकेडेमीको सहकार्यमा आयोजित कार्यक्रममा कार्यालयका शाखा अधिकृत दीपेन्द्रकुमार श्रेष्ठले वि।सं २०८२ देखि २०८२ सम्मको कक्षा ८ र एसइई तथा कक्षा १२ को नतिजाको विश्लेषणात्मक प्रस्तुती पेस गरेका थिए ।

- ADVERTISEMENT -

Advertisement

उनले जिल्लामा संघ सरकार र प्रदेश सरकारद्वारा विशेष सहयोग प्राप्त आठवटा सामुदायिक विद्यालय नमुना विद्यालयमा सञ्चालनमा रहेको जानकारी दिँदै जिल्लाका सबै विद्यालय नमुना विद्यालय हुनुपर्ने बताए ।
सामुदायिक विद्यालयको तर्फबाट विद्यालयको त्रिवर्षीय प्रगति प्रतिवेदन पेस गर्दै कठार मावि खैरहनीका प्रधानाध्यापक अर्जुनप्रसाद सिलवालले २०८० देखि २०८२ सम्म विद्यालयले गरेको शैक्षणिक प्रगति पेस गरेका थिए । ‘विद्यालय रुपान्तरण र शैक्षिक गुणस्तर अभिवृद्धिमा प्रभावकारी व्यवस्थापन योजनाबद्ध शिक्षण र नतिजामुखी सिकाइ अभ्यास’सम्बन्धी प्रस्तुतीकरण गर्दै उनले शैक्षिक सुधारका चार आधार ‘समय व्यवस्थापन, योजनाबद्ध शिक्षण, नतिजा विश्लेषण र अभिभावकसँगको सहकार्य’ पेस गरेका थिए ।

त्यस्तै, संस्थागत विद्यालयका तर्फबाट अङ्कुरम् एकेडेमीका प्रधानाध्यापक सुमन पौडेलले ‘भविष्यको शिक्षा’बारे प्रस्तुतीकरणको प्रदर्शन गरेका थिए । प्रस्तुतिका क्रममा उनले भने, ‘यी तस्बिरहरू हाम्रा उपलब्धि प्रदर्शन गर्ने माध्यम मात्र होइनन् बरु हाम्रा बालबालिकालाई भविष्यका लागि आवश्यक ज्ञान, सीप र अनुभव प्रदान गर्ने हाम्रो निरन्तर प्रयासका प्रतिबिम्ब हुन् ।’

उनले आफूहरूले ‘फ्युचर रेडी’ र वल्र्डवाइड कम्पिटेटिभ’ जनशक्ति तयार गर्न ‘एआई एण्ड टेक्नोलोजी’, अनिश्चितता, विश्वव्यापीकरण र जलवायु तथा समाजलाई केन्द्रित गरी बालबालिकालाई सिकाइ प्रक्रियामा सहभागी गराइरहेको बताए । उनले अहिलेसम्म ‘आइक्यू’ ९बुद्धि लब्धि०लाई शिक्षण संस्थाले प्रमुखता दिने गरेको भएता पनि आफूहरूले ‘आइक्यू’ र ‘इक्यू’ ९भावनात्मक बुद्धिमत्ता०लाई समेत प्रमुखता दिएर विद्यार्थीहरूलाई सिकाइ प्रक्रियामा सहभागी गराइरहेको बताए ।
उनले सन् २०३५ का लागि आवश्यक जनशक्तिलाई लक्षित गरी विद्यालयमा विभिन्न प्रख्यात संस्थाहरूसँग सहकार्य गरी कार्यक्रमहरू सञ्चालन गरेको बताए । उनले सामाजिक उत्तरदायित्वअन्तर्गत स्थानीय विद्यालयहरूलाई समेत सहभागी बनाई विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको जानकारी दिए ।

कार्यक्रमका प्रमुखअतिथि शिक्षा मन्त्रालयका सहसचिव शिवकुमार सापकोटाले सरकारको एकल प्रयासले मात्र निःशुल्क शिक्षा कार्यान्वयन सम्भव नहुने बताए । उनले सामुदायिक विद्यालयलाई जवाफदेही बनाउन मन्त्रालय क्रियाशील रहेको र त्यसका लागि शिक्षा ऐन निर्माण गर्न मन्त्रालय लागिरहेको बताए । ‘शिक्षा ऐनभित्र कतिपय बुँदा सच्याउनुपर्ने बताउँदै उनले भने– ‘हेड सर र सञ्चालन समिति अध्यक्षलाई अधिकार दियो भने बेचेर खाइदिन्छन् भन्ने अविश्वास कानुनमै छ, त्यसलाई हटाउनु पर्छ ।’ ‘धेरै सामुदायिक विद्यालयहरूसँग जग्गाजमिन र मासिक भाडा आउने सटरहरू छन्,’ उनले भने, ‘देशैभर त्यसको लगत सङ्कलन गरेर सरकारको तर्फबाट कति लगानी बढाउनुपर्छ त्यसको तथ्याङ्क निकाल्नुपर्छ, त्यसपछि निःशुल्क शिक्षाको कार्यान्वयनमा अघि बढ्नुपर्छ ।’ निःशुल्क शिक्षा कार्यान्वयनका लागि सरकारको अनुदानमा मात्रै भर नपरी वैकल्पिक स्रोतहरूको खोजी गरिनुपर्ने उनको भनाइ थियो ।

उनले अहिलेका बच्चाहरूको चेतनास्तर निकै उच्च रहेको बताउँदै आफू शिक्षामन्त्रीसँग सँगै हिँडेको कार्यक्रममा सामुदायिक विद्यालयका विद्यार्थीले ‘विद्यालयले अभिभावकसँग पैसा उठाउने, विद्यालयमा खर्च हुने र रकम बचत हुने तर बचत रकमको हिसाबकिताब विद्यालयमा नहुने’ बताएको प्रसङ्ग सुनाए ।

उनले आगामी दिनमा शिक्षक नियुक्ति गर्दा बहुविषय विशेषज्ञ शिक्षक नियुक्ति गर्नुपर्ने बताए । दूरगामी रूपमा काम लाग्नेगरी शिक्षा ऐन बनाउन मन्त्रालय लागिपरेको उनको भनाइ थियो ।
उनले देवस्थल र विकासको केन्द्र चितवनमा अङ्कुरम् एकेडेमीजस्तो विद्यालयलाई यो मोडलमा चलाइँदा यहाँका प्रिन्सिपल पौडेल ‘सही ठाउँमा सही व्यक्ति’ भएको टिप्पणी गर्दै सामुदायिक विद्यालयहरूले पनि यसको सिको गर्नुपर्ने बताए ।

जिल्लाका कक्षा १० सम्म सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापकहरू जिल्लाका स्थानीय तहका शिक्षा शाखा प्रमुखहरू सहभागी कार्यक्रम इकाइ प्रमुख कृष्णचन्द्र पोख्रेलको अध्यक्षता, शाखा अधिकृत मेनका अर्यालको स्वागत तथा शाखा अधिकृत कृष्णप्रसाद पौडेलले सञ्चालन गरेको कार्यक्रममा शिक्षाविद् महेन्द्र पौड्यालसमेत मन्तव्य राखेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.28
153.88
European Euro
1
173.76
174.44
UK Pound Sterling
1
202.71
203.50
Swiss Franc
1
183.65
184.36
Australian Dollar
1
107.04
107.45
Canadian Dollar
1
107.94
108.37
Singapore Dollar
1
119.82
120.29
Japanese Yen
10
9.72
9.76
Chinese Yuan
1
22.86
22.95
Saudi Arabian Riyal
1
40.82
40.98
Qatari Riyal
1
42.05
42.22
Thai Baht
1
4.56
4.58
UAE Dirham
1
41.73
41.90
Malaysian Ringgit
1
37.56
37.71
South Korean Won
100
11.29
11.34
Swedish Kroner
1
15.32
15.38
Danish Kroner
1
23.24
23.34
Hong Kong Dollar
1
19.54
19.61
Kuwaity Dinar
1
498.15
500.10
Bahrain Dinar
1
406.58
408.17
Omani Rial
1
398.12
399.68