Opens in a new tab
२०८३ कार्तिक २२, शनिबार
November 7, 2026
२०८३ कार्तिक २२, शनिबार
November 7, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चाडपर्वलाई लक्षित गरी देशभर सुरक्षा व्यवस्था कडा

प्रकाशित मिति : २०८३ कार्तिक २२ गते

काठमाडौं / तिहार, दीपावली, नेपाल संवत् र छठ पर्वलाई लक्षित गर्दै नेपाल प्रहरीले देशभर सुरक्षा व्यवस्था कडा पारेको छ ।

चाडपर्वका समयमा हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण, नागरिकको जीउधनको सुरक्षा तथा सहज आवागमन सुनिश्चित गर्न आवश्यक मात्रामा प्रहरी परिचालन गरिएको छ ।

प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार ‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना, २०८३’ अन्तर्गत सम्भावित सुरक्षा चुनौतीको विश्लेषण गरी संवेदनशील क्षेत्रमा प्रहरी जनशक्ति परिचालन तथा निगरानी बढाइएको हो ।

बजार क्षेत्र, धार्मिकस्थल, सार्वजनिक यातायात केन्द्र, सीमा नाका र बढी भीडभाड हुने स्थानलाई विशेष प्राथमिकतामा राखिएको छ ।

- ADVERTISEMENT -

Advertisement

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अबिनारायण काफ्लेले चाडपर्वका समयमा चोरी, लुटपाट, जुवातास, लागुऔषध तथा मादक पदार्थको दुरुपयोग, झैझगडा, कालोबजारी, खाद्य पदार्थमा मिसावट र आगलागीलाई प्रमुख सुरक्षा चुनौतीका रूपमा पहिचान गरिएको बताए ।

उनका अनुसार यस्ता गतिविधि नियन्त्रण गर्न नियमित गस्ती, आकस्मिक जाँच तथा सादा पोसाकमा प्रहरी परिचालन गरिएको छ । सुरक्षा निगरानीलाई प्रभावकारी बनाउन सीसीटीभी, शरीरमा जडित क्यामेरा, ड्रोन र तालिमप्राप्त कुकुर प्रयोग गरिनेछ ।

जोखिमयुक्त क्षेत्रमा निगरानी बढाउनुका साथै तत्काल प्रतिकार्यका लागि द्रुत परिचालन टोली र विपद् व्यवस्थापनका जनशक्तिलाई तयारी अवस्थामा राखिएको उनले जानकारी दिए ।

चाडपर्वका समयमा यात्रुको चाप बढ्ने भएकाले प्रहरीले सडक सुरक्षा र सवारी दुर्घटना न्यूनीकरणलाई पनि प्राथमिकता दिएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार देशभर ४०८ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरी कम्तीमा एक हजार १६५ प्रहरी परिचालन गरिएको छ । त्यस्तै, अन्तर्राष्ट्रिय सीमा नाकाका १०८ स्थानमा सहायता कक्ष स्थापना गरिएको छ ।

लामो दूरीका सवारीसाधन सञ्चालन गर्नुअघि चालकको अनुमतिपत्र, मादक पदार्थ तथा लागुऔषध सेवनको अवस्था र सवारीसाधनको यान्त्रिक अवस्थासम्बन्धी कागजात जाँच गर्ने व्यवस्था मिलाइएको छ ।

लामो दूरीका सवारीसाधनमा दुई जना चालक राख्नुपर्ने व्यवस्थाको कार्यान्वयनमा निगरानी बढाइएको प्रहरीले जनाएको छ ।
सीमा नाकामा स्थापना गरिएका यात्रु सहायता कक्षमार्फत स्वदेश फर्किने नागरिकलाई सम्भावित ठगी, लुटपाट तथा अन्य दुव्र्यवहारबाट जोगाउन आवश्यक सहयोग उपलब्ध गराइने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

साइबर अपराधमा पक्राउ
सामाजिक सञ्जालको दुरुपयोग गरी महिलाको चरित्र हत्या गर्नुका साथै अश्लील तस्बिर तथा भिडियो सार्वजनिक गर्ने धम्की दिएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

नेपाल प्रहरीको साइबर ब्यूरोले विद्युतीय माध्यमबाट महिलालाई दुव्र्यवहार तथा चरित्र हत्या गरेको अभियोगमा इलाम र सिन्धुपाल्चोकका दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा इलामका विकल्प राई र सिन्धुपाल्चोकका सुजन पाण्डे छन् । ब्यूरोका प्रवक्ता दीपकराज अवस्थीका अनुसार राईले प्रेम सम्बन्धमा रहँदा खिचिएका तस्बिर तथा भिडियो सामाजिक सञ्जाल टेलिग्राममार्फत सार्वजनिक गरी महिलाको चरित्र हत्या गरेको आरोप छ ।

त्यस्तै, पाण्डेले सामाजिक सञ्जाल एक्समार्फत पीडित महिलाका अश्लील भिडियो तथा तस्बिर आफूसँग रहेको र सार्वजनिक गरिदिने धम्की दिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

पीडितले दिएको निवेदनका आधारमा ब्यूरोले प्राविधिक अनुसन्धान तथा विश्लेषण गर्दा दुवै जना संलग्न रहेको खुलेपछि पक्राउ गरिएको प्रवक्ता अवस्थीले जानकारी दिए ।

प्रहरीले राईलाई काठमाडौँको ठमेलस्थित पर्यटन मार्गबाट र पाण्डेलाई तारकेश्वरबाट पक्राउ गरेको हो ।

पक्राउ परेका राईलाई विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौँ जिल्ला अदालतबाट पाँच दिन र पाण्डेलाई चार दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
149.96
150.56
European Euro
1
167.54
168.21
UK Pound Sterling
1
200.74
201.55
Swiss Franc
1
183.19
183.92
Australian Dollar
1
103.02
103.43
Canadian Dollar
1
106.51
106.94
Singapore Dollar
1
117.03
117.50
Japanese Yen
10
9.47
9.51
Chinese Yuan
1
22.48
22.57
Saudi Arabian Riyal
1
39.95
40.11
Qatari Riyal
1
41.16
41.32
Thai Baht
1
4.47
4.49
UAE Dirham
1
40.83
40.99
Malaysian Ringgit
1
36.95
37.09
South Korean Won
100
11.08
11.12
Swedish Kroner
1
15.18
15.24
Danish Kroner
1
22.41
22.50
Hong Kong Dollar
1
19.13
19.21
Kuwaity Dinar
1
487.12
489.07
Bahrain Dinar
1
397.46
399.05
Omani Rial
1
389.49
391.05