Opens in a new tab
२०८३ मंसिर १३, शनिबार
November 28, 2026
२०८३ मंसिर १३, शनिबार
November 28, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

बालबालिकालाई गुणस्तरीय शिक्षाको पहुँचमा ल्याउनुपर्छ – मन्त्री गिरबहादुर तामाङ

प्रकाशित मिति : २०८३ मंसिर १३ गते

हेटौँडा / बागमती प्रदेशका स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिरबहादुर तामाङले शिक्षा क्षेत्रमा बजेट कार्यान्वयन गर्नु मात्र लक्ष्य नभई गुणस्तरीय शिक्षा प्रदान गर्नु मुख्य उद्देश्य हुनुपर्ने बताएका छन् ।

शिक्षा विकास निर्देशनालय, हेटौँडाद्वारा शुक्रबार आयोजित ‘न्यून साक्षरता भएका स्थानीय तहमा शैक्षिक गुणस्तर सुधार कार्यक्रम’को अभिमुखीकरण कार्यक्रममा उनले अति विपन्न, पिछडिएका, सीमान्तकृत तथा लोपोन्मुख समुदायका बालबालिकालाई गुणस्तरीय शिक्षाको पहुँचमा ल्याउन विशेष ध्यान दिनुपर्ने बताए ।

‘बजेटको कार्यक्रममा काम गर्नु मात्रै हाम्रो लक्ष्य होइन, गुणस्तरीय शिक्षा प्रदान गर्नु हाम्रो लक्ष्य हो’, मन्त्री तामाङले भने, ‘कार्यक्रम सम्पन्न भयो भन्नेमा मात्रै सीमित भयौँ भने अपेक्षित परिणाम आउँदैन ।’

उनले नेपालको भूगोल, स्रोत, जनजीवन र आवश्यकताअनुसार मौलिक तथा व्यवहारिक शिक्षा प्रणाली विकास गर्नुपर्नेमा जोड दिए । सूचना प्रविधिको विकाससँगै शिक्षा प्रणालीलाई पनि समयानुकूल, प्रविधिमैत्री र परिणाममुखी बनाउन आवश्यक रहेको उनको भनाइ थियो ।

- ADVERTISEMENT -

Advertisement

स्थानीय तह नागरिकसँग प्रत्यक्ष रूपमा जोडिएको सरकार भएकाले शिक्षाको गुणस्तर सुधारमा स्थानीय तहको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गर्दै मन्त्री तामाङले आधारभूत तहदेखि नै प्रभावकारी शिक्षा प्रदान गर्न सके मुलुकको दीर्घकालीन विकासमा सकारात्मक प्रभाव पर्ने बताए ।

शिक्षा विकास निर्देशनालयका निर्देशक गोपालप्रसाद कडेलको अध्यक्षतामा भएको कार्यक्रममा न्यून साक्षरता भएका स्थानीय तहमा सञ्चालन हुने शैक्षिक गुणस्तर सुधार कार्यक्रमको कार्यान्वयन, चुनौती तथा आगामी कार्यदिशाका विषयमा छलफल गरिएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
148.48
149.08
European Euro
1
162.70
163.36
UK Pound Sterling
1
194.87
195.66
Swiss Franc
1
177.63
178.35
Australian Dollar
1
99.09
99.49
Canadian Dollar
1
104.22
104.64
Singapore Dollar
1
115.13
115.60
Japanese Yen
10
9.31
9.34
Chinese Yuan
1
22.31
22.40
Saudi Arabian Riyal
1
39.58
39.74
Qatari Riyal
1
40.72
40.89
Thai Baht
1
4.38
4.40
UAE Dirham
1
40.43
40.59
Malaysian Ringgit
1
36.02
36.16
South Korean Won
100
11.14
11.18
Swedish Kroner
1
14.54
14.60
Danish Kroner
1
21.77
21.86
Hong Kong Dollar
1
18.97
19.04
Kuwaity Dinar
1
480.67
482.62
Bahrain Dinar
1
393.82
395.41
Omani Rial
1
385.65
387.21