चितवन / सौराहाका व्यवसायीले हात्तीको व्यवस्थापन एकै ठाउँबाट गर्ने भएका छन् । कोरोनासँगै लकडाउन र निषेधाज्ञाले हात्तीको पर्यटकीय गतिविधि ठप्प भएपछि उनीहरुले हात्तीको व्यवस्थापन एकै ठाउँबाट गर्ने भएका हुन् । सहकारीको अवधारणामा हात्ती व्यवस्थापन गर्न लागिएको युनाइटेड हात्ती सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारीले जानकारी दिए ।
उहाँले जिल्लाको सौराहासँगै पर्यटकीय क्षेत्रहरूमा होटल सञ्चालकहरूसँग ७० को हाराहारीमा हात्ती रहेको बताए । चितवन राष्ट्रिय निकुञ्ज आसपासका चितवन र नवलपरासीमा गरेर निजी हात्ती १०० हाराहारी रहेको उनको भनाइ छ । पछिल्लो समय हात्ती चढेर जंगल सफारी गर्ने पर्यटक नआएपछि हात्ती पाल्न समेत मुस्किल भएको छ ।
उनका अनुसार भारतबाट भाडामा ल्याइएका १० हात्ती फिर्ता गरिएको छ । हाल हात्तीको पर्यटकीय व्यवस्थापन गर्दै आएको व्यवसायीले आफैँले हात्ती पाल्दै आएका छन् । ती हात्तीको बुकिङ गरेर पर्यटकीय गतिविधिमा सहकारीले सहयोग गर्दै आएको छ ।
जसको हात्तीले जति कमायो, त्यति नै व्यवसायीले पाउने गर्दछन्। अब भने सबै हात्तीलाई सहकारीमा राखेर शेयर बाँडफाँट गरिने जानकारी उनले दिए । त्यसका लागि आवश्यक पर्ने पाँच विघा हाराहारी जग्गा खोजी भइरहेको छ । उनले जग्गा पाएसँगै सबै हात्तीलाई एकै ठाउँमा राखेर व्यवस्थापन गरिने बताए ।
हाल व्यक्तिको हात्ती रहेको छ भने अब सहकारीको हुनेछ । सहकारीमा पर्यटन व्यवसायीहरूलाई सदस्य बनाइने छ । क्षेत्रीय होटल सङ्घका अध्यक्ष दीपक भट्टराईका अनुसार ती हात्ती मध्ये बूढा र अस्वस्थ हात्तीलाई काममा लगाईने छैन । प्रजनन योग्यलाई प्रजनन कार्यमा लगाइने छ भने पर्यटक घुमाउन सक्ने तन्दुरुस्त हात्तीलाई मात्रै काममा लगाइने छ । क्रमशः ठूलो जग्गा खोजी गरेर हात्तीका गतिविधि एकै ठाउँमा गर्ने गरी दीर्घकालिन योजना व्यवसायीले बनाएका छन् । भट्टराईका अनुसार भविष्यमा हात्ती चढ्ने कुरालाई भन्दा हात्तीसँग खेल्ने र रमाउने गरी गतिविधि गर्ने तयारी गरिएको छ ।
हात्तीलाई छुट्टाछुट्टै पालनपोषण र रेखदेख गर्दा खर्च बढी हुने भएपछि यो अवधारणा ल्याइएको हो। यसले खर्चमा कमी ल्याउने अपेक्षा व्यवसायीले गरेका छन् । एउटा हात्तीलाई एक महिनामा एक लाख रूपैयाँभन्दा बढी खर्च गर्नुपर्ने हुन्छ । भाडामा लिएका हात्तीको भाडा मासिक ५०–६० हजार रूपैयाँ तिर्नुपर्ने हुन्छ । सौराहामा पालिएका हात्तीले त्यहाँ आउने पर्यटकलाई स्थानीय मध्यवर्ती सामुदायिक वनहरूमा घुमाउने गर्दछन् ।
- ADVERTISEMENT -

सहकारीको अवधारणामा सौराहाका हात्तीको व्यवस्थापन

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
150.74
151.34

European Euro
1
171.96
172.64

UK Pound Sterling
1
199.28
200.07

Swiss Franc
1
186.52
187.27

Australian Dollar
1
104.03
104.44

Canadian Dollar
1
106.26
106.69

Singapore Dollar
1
116.52
116.99

Japanese Yen
10
9.33
9.36

Chinese Yuan
1
22.17
22.26

Saudi Arabian Riyal
1
40.14
40.30

Qatari Riyal
1
41.39
41.56

Thai Baht
1
4.52
4.54

UAE Dirham
1
41.04
41.21

Malaysian Ringgit
1
36.88
37.03

South Korean Won
100
9.80
9.84

Swedish Kroner
1
15.55
15.61

Danish Kroner
1
23.00
23.10

Hong Kong Dollar
1
19.22
19.30

Kuwaity Dinar
1
489.57
491.52

Bahrain Dinar
1
399.84
401.43

Omani Rial
1
391.55
393.11













