May 20, 2024

चितवनमा कोरोना संक्रमित पुग्यो ५५ जना

June 26, 2020

भरतपुर, चितवन । चितवनमा १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा बिहीबार राति २ महिला र १० पुरुष गरी चितवनका १२ जनामा कोरोना पुष्टि भएको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए ।
उनका अनुसार संक्रमित हुनेहरुमा माडी नगरपालिकाका मात्रै ९ जना रहेका छन् । जसमध्ये १७ देखि ४९ वर्ष उमेर समूहका ९ जना पुरुष रहेका छन् ।
यसैगरी भरतपुर महानगरपालिका–२६ का २१ वर्षीय पुरुष र भरतपुर महानगरपालिका–१५ की ३७ वर्षीया महिलामा संक्रमण पुष्टि भएको छ । पूर्वीचितवन रत्ननगर नगरपालिका–४ की २७ वर्षीया महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको सूचना अधिकारी पौडेलले बताए । योसंगै चितवनमा कुल कोरोना संक्रमितको संख्या ५५ पुगेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -