Opens in a new tab
२०८३ मंसिर ७, आईतवार
November 22, 2026
२०८३ मंसिर ७, आईतवार
November 22, 2026 Sunday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

पहिरो पीडित परिवारलाई जनही एक लाख राहत हस्तान्तरण

प्रकाशित मिति : २०७७ असार ३१ गते

तनहुँ / तनहुँको विभिन्न ठाउँमा पहिरोले पुरेर निधन भएकाका परिवारलाई राहत हस्तान्तरण गरेको छ। पहिराले पुरिएर सोमबार निधन भएका तनहुँको ऋषिङ गाउँपालिका–८ भैँसीकिलोका स्थानीयवासीका आफन्तलाई जिल्ला प्रशासन कार्यालय तनहुँले राहत रकम वितरण गरेको हो। सो ठाउँका एकै परिवारका पाँच जनाको पहिराले पुरिएर मृत्यु भएपछि प्रशासन कार्यालयले जनही रु एक लाखका दरले रु पाँच लाख मंगलबार मृतकका आफन्तलाई वितरण गरेको हो ।
पहिराले पुरिएर स्थानीयवासी आम्बहादुर थापाका छोरा ३० वर्षीय भेषबहादुर थापा, बुहारी २९ वर्षीया नानुमाया थापा, नातिनी ५ वर्षीया छोरी अमिषा थापा, छोरा २२ वर्षीय महादेव थापा र बुहारी १९ वर्षीया मनिसरा थापाको निधन भएको थियो । प्राकृतिक प्रकोपबाट मृत्यु हुनेलाई रु एक लाख प्रदान गर्ने नीतिबमोजिम पाँच जनाको रु पाँच लाख गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले मृतकहरुका बुबा आमबहादुर थापालाई हस्तान्तरण गरे । सो क्रममा मन्त्री गुरुङले जनताको दुःखमा सरकार साथमा रहेकाले केही राहत रकम उपलब्ध गराइएको बताए ।
मानिसको जीवनभन्दा रकम ठूलो नभए पनि विपद्को अवस्थामा रकमले पीडित परिवारलाई केही राहत पुग्ने बताउँदै मन्त्री गुरुङले मानिस कोही पनि अमर नरहेकाले ढिला चाँडो सबैले संसारबाट बिदा हुनुपर्ने भएकाले शोकको घडीलाई शक्तिमा बदल्नुपर्नेमा जोड दिए । भौगोलिक हिसाबले भैँसीकिलो सुरक्षित नभएकाले यहाँ बसोबास गरिरहेका घरपरिवारलाई अन्यत्रै स्थानान्तरण गर्नुपर्ने देखिएको मन्त्री गुरुङको भनाइ थियो ।
प्रदेशभित्रका जोखिमयुक्त ठाउँको प्रदेश सरकारले अध्ययन गर्न लागेको बताउँदै मन्त्री गुरुङले जोखिमयुक्त ठाउँमा बसोबास गरिरहेका जनतालाई सुरक्षित स्थानमा स्थानान्तरणको पहल गरिने जानकारी दिए । कोरोनाको महामारीसँगै अहिले प्राकृतिक विपत्ति आइपरेको र विपद् व्यवस्थापनका लागि प्रदेश सरकार गम्भीर रहेको मन्त्री गुरुङले बताए । “प्राकृतिक विपद्ले प्रदेशभित्र ठूलो धनजनको क्षति भएको छ, प्राकृतिक विपद्का घटना अझै पनि घट्न सक्ने भएकाले थप सतर्कताको आवश्यकता छ,” मन्त्री गुरुङले भने ।
प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीले विपद्का घटनाबाट मृत्यु हुनेका परिवारलाई जनही रु एक लाखका दरले राहत रकम उपलब्ध गराइने जानकारी दिए । प्रदेश सरकारबाट पनि जनही रु ५० हजारका दरले रु दुई लाख ५० हजार रकम उपलब्ध हुने प्रक्रियामा रहेको अधिकारीले बताए ।
ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले गाउँपालिकाका तर्फबाट रु एक लाख राहत रकम उपलब्ध गराइसकेको र थप आवश्यक सहयोग गाउँपालिकाका तर्फबाट रहने प्रतिबद्धता जनाए । यहाँ रहेका चार घरलाई सुरक्षित रुपमा स्थानान्तरणका लागि गाउँपालिकाका तर्फबाट पहल भइरहेको श्रेष्ठले बताए । रासस

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
147.98
148.58
European Euro
1
162.41
163.07
UK Pound Sterling
1
193.96
194.75
Swiss Franc
1
175.88
176.60
Australian Dollar
1
98.55
98.95
Canadian Dollar
1
103.33
103.75
Singapore Dollar
1
114.77
115.24
Japanese Yen
10
9.32
9.36
Chinese Yuan
1
22.16
22.25
Saudi Arabian Riyal
1
39.44
39.60
Qatari Riyal
1
40.61
40.78
Thai Baht
1
4.36
4.38
UAE Dirham
1
40.29
40.45
Malaysian Ringgit
1
35.98
36.13
South Korean Won
100
11.06
11.11
Swedish Kroner
1
14.51
14.57
Danish Kroner
1
21.73
21.82
Hong Kong Dollar
1
18.88
18.96
Kuwaity Dinar
1
478.90
480.84
Bahrain Dinar
1
392.29
393.88
Omani Rial
1
384.36
385.92