काठमाडौँ । यातायात व्यवसायीले साउन ८ गतेदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने घोषणा गरेका छन् । मंगलबार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात मजदुरसंघले संयुक्त पत्रकार सम्मेलन गरेर बिहीबारदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने घोषणा गरेका हुन् ।
छोटो दुरीको यातायात सञ्चालन गर्न तयार भएका व्यवसायीले पत्रकार सम्मेलनमा लामो दूरीको सवारीसाधन समेत संचालन गर्न सरकारसँग माग गरेका छन् । उनीहरुले उक्त माग सम्भव नभए प्रदेशस्तरमा भनेपनि सवारी संचालन गर्न दिने निर्णय गर्न सरकारसँग आग्रह गरेका छन् ।
सरकारले असार २६ गतेदेखि नै काठमाडौं उपत्यकाभित्र र अन्य ठाउँमा सम्बन्धित जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेपनि व्यवसायीले भने विभिन्न माग राख्दै यातायात सञ्चालन गर्न अस्विकार गरेका थिए ।
तर, सोमबार यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी महाशाखा, नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात मजदुर संघबीचको वार्तापछि सवारीसाधन सञ्चालन गर्ने सहमति भएको थियो ।
‘साउन ८ गतेदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने घोषणा’
July 21, 2020

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
