January 21, 2025
- ADVERTISEMENT -

थपिए १३० संक्रमित, ७५ जना निको

July 26, 2020

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १३० जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या १८ हजार ६१३ पुगेको छ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या १३ हजार १२८ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ७५ जना उपचारपछि डिस्चार्ज भएका छन् । हालसम्म ७०।५ प्रतिशत संक्रमितहरु निको भएका छन् ।
हालसम्म नेपालमा कोरोनाबाट ४५ जनाले ज्यान गुमाईसकेका छन् । यस्तै, मुलुकका ६ जिल्ला कोरोनामुक्त भएका छन् । प्रवक्ता डा गौतमकाअनुसार भोजपुर, पाँचथर, रसुवा, संखुवासभा, मुस्ताङ र मनाङमा कोरोना संक्रमित भेटिएका छैनन् ।
मन्त्रालयका अनुसार हालसम्म ३ लाख ४२ हजार ४ सय ५७ जनाको पिसिआर परीक्षण भएको छ। क्वारेन्टाइनमा बस्नेको संख्या १७ हजार ९०३ छ । हाल मुलुकका २८ वटा प्रयोगशालाबाट पीसीआर परीक्षण भइरहेको छ । हाम्रो स्वास्थ्य एप्लिकेशन डाउनलोड गर्नेको सङ्ख्या एक लाख ६१ हजार ८६० छ । त्यसमा सक्रिय प्रयोगकर्ता ८० हजार २०१ छन् ।
आज मात्रै १०५ जनाले इन्ट्री गरेका छन् । ५३० जना रेड जोनमा रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयको वेबसाइट हेर्ने र भाइबर ग्रुपमा जोडिनेको सङ्ख्या उल्लेख्य रहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -