February 6, 2025
- ADVERTISEMENT -

प्रहरीमा कोरोना देखिएपछि ट्राफिक कार्यालय शिल

August 9, 2020
Coronavirus economic impact concept image

चितवन / जिल्ला ट्राफिक प्रहरी कार्यालय भरतपुरमा कोरोना संक्रमित भेटिएपछि केहीदिनका लागि शिल गरिएको छ ।
ट्राफिक प्रहरी प्रमुख दयाकृष्ण भट्टका अनुसार कार्यालयमै कार्यरत प्रहरी जवानमा शनिबार कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएपछि ट्राफिक प्रहरी कार्यालयलाई केहिदिनका लागि शिल गरिएको बताउनुभयो ।
प्रहरी प्रमुख भट्टले ट्राफिक कार्यालयभित्र बस्ने सबै प्रहरीको कोरोना परीक्षणपछि मात्रै निरन्तर सेवा प्रदान गरिने बताउनुभयो । जिल्ला ट्राफिक कार्यालयभित्र रहेर कार्यरत सबै प्रहरीलाई बाहिर निस्कन दिइने छैन । जिल्लाका अन्य विभिन्न बिटमा खटिएका ट्राफिक प्रहरीबाट नियमित चेकजाँचलाई अघि बढाइने प्रमुख भट्टले बताउनुभयो ।
बैंकका कर्मचारीलाई पनि संक्रमण
चितवनमा शनिबार कोरोना पुष्टि भएका मध्ये एकजना राष्ट्रिय बाणिज्य बैंक भरतपुर चौविसकोठी शाखामा कार्यरत कर्मचारी रहेको खुलेको छ । बैंकको फ्रन्ट डेस्कमै कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
प्रजिअ भट्टराईले कर्मचारीमै कोरोना संक्रमण देखिएपछि केहीदिन यता सो बैंकमा पुगेका सबैलाई क्वारेन्टिनमा बस्न आग्रह गर्नुभएको छ । उनले भने– ‘केही दिन यता राष्ट्रिय वाणिज्य बैंक भरतपुर शाखा चौविसकोठीमा बैकिङ्ग कारोवारका लागि जानु भएको थियो भने केही दिनका लागि होम क्वारेन्टिनमा बस्नुहोला र नजिकको स्वास्थ्य कार्यालयमा सम्पर्क राख्नुहोला ।’
चितवनमा शनिबार बालक, प्रहरी र थुनुवागरी ८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
(नारायणी अनलाइनबाट)

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -