January 14, 2025
- ADVERTISEMENT -

ईच्छाकामनामा पुष्टि भयो पहिलो पटक कोरोना संक्रमण

August 12, 2020

चितवन / कोरोना संक्रमणको लामो समय सम्म कोरोनाको संक्रमण नदेखिएको जिल्लाको एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिकामा पहिलोपटक कोरोना संक्रमण देखिएको छ ।
मंगलबार राति भरतपुर कोभिड १९ प्रयोगशालाबाट आएको नतिजाका आधामार मौलाकालिका अस्पतालमा उपचाररत एक महिलामा कोरोना देखिए पछि ईच्छाकामना गाउँपालिकामा पनि कोरोना संक्रमण देखिएको हो ।
शून्य संक्रमितको रुपमा जिल्लाको एक मात्र स्थानीय तहको रुपमा चिनिएको इच्छाकामना पनि अब कोरोना संक्रमित क्षेत्रमा परेको छ । योसंगै चितवनका सात वटै स्थानीय तहमा कोरोना संक्रमण फैलिएको छ ।
इच्छाकामना गाउँपालिकाका एक महिलामा पनि कोरोना संक्रमण पुष्टि भएसंगै गाउँपालिकामा कोरोना संक्रमण खाता खुलेको हो । मौलाकालिका अस्पताल भरतपुरमा उपचाररत इच्छाकामना–५ की ७८ वर्षीया वृद्धमा संक्रमण पुष्टि भएको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -