चितवन / चितवनमा बुधबार ६ जना सशस्त्र प्रहरीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा राप्ती नगरपालिका–६ मा रहेको ३ नम्बर बाहिनी विपद् व्यवस्थापन गण भण्डारामा कार्यरत ६ जना शसस्त्र प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएको राप्ती नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सुरेश न्यौपानेले जानकारी दिनुभयो ।
उनका अनुसार ३ नम्बर प्रदेश र अन्य छिमेकी प्रदेशका सीमानामा सुरक्षामा खटिएर फर्किएका ६ जनालाई संक्रमण पुष्टि भएको हो । संक्रमितहरु अहिले गणमै रहेका छन् । उनीहरुलाई सोही गणभित्र आइसोलेसनमा राख्ने तयारी भइरहेको न्यौपानेले जानकारी दिए ।
यसअघि मंगलबार गरिएको परीक्षणमा सोही गणमा रहेका २ जनालाई पनि संक्रमण पुष्टि भएको थियो । उनीहरुलाई अहिले भरतपुर अस्पतालमा राखिएको छ ।
आज ६ जनालाई पुष्टि भएसंगै चितवनमा कोरोना संक्रमित सशस्त्र प्रहरीको संख्या ८ पुगेको छ ।
थप सात जनामा कोरोना पुष्टि
यसैगरी बुधबार साँझ नै थप सात जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा राप्ती नगरपालिका वडा नं. ६ का मात्रै ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमा २० देखि ३४ वर्ष उमेर समूहका पुरुषहरु रहेका छन् । उनीहरु सबै क्वारेन्टिनमै रहेको प्रयोगशालाकी प्रमुख डा.नितु अधिकारीले जानकारी दिइन् ।
यस्तै भरतपुर महानगरपालिका–७ का ३९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । रत्ननगर अस्पतालबाट स्वाब परीक्षण गराएका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । आज कुल २०३ वटा नमुना परीक्षण गरिएको थियो ।
मंगलबार गरिएको परीक्षणमा भने चितवनका १६ जनासहित २१ जनाको कोरोना संक्रमण पुष्टि भएको थियो ।
–नारायणी अनलाइनबाट ।
- ADVERTISEMENT -

६ जना सशस्त्रसहित १३ जनामा कोरोना पुष्टि

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
148.82
149.42

European Euro
1
175.40
176.11

UK Pound Sterling
1
201.60
202.41

Swiss Franc
1
189.94
190.71

Australian Dollar
1
106.73
107.16

Canadian Dollar
1
108.38
108.82

Singapore Dollar
1
117.02
117.50

Japanese Yen
10
9.36
9.40

Chinese Yuan
1
21.82
21.91

Saudi Arabian Riyal
1
39.67
39.83

Qatari Riyal
1
40.82
40.98

Thai Baht
1
4.66
4.68

UAE Dirham
1
40.52
40.68

Malaysian Ringgit
1
37.64
37.79

South Korean Won
100
10.08
10.12

Swedish Kroner
1
16.22
16.28

Danish Kroner
1
23.47
23.57

Hong Kong Dollar
1
19.02
19.09

Kuwaity Dinar
1
486.02
487.98

Bahrain Dinar
1
394.54
396.13

Omani Rial
1
386.54
388.10













