२०८३ श्रावण ११, सोमबार
July 27, 2026
२०८३ श्रावण ११, सोमबार
July 27, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

२० प्रतिशत बेड कोरोनाका लागि छुट्याउनु : प्रजिअ भट्टराई

प्रकाशित मिति : २०७७ भाद्र १ गते

चितवन / जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लाका निजी अस्पतालहरुलाई कोभिड १९ व्यवस्थापनका लागि २० प्रतिशत बेड अनिवार्य छुट्याउन निर्देशन दिएको छ । आज (सोमबार) एक सुचना जारी गर्दै प्रशासन कार्यालयले २० प्रतिशत बेड कोरोना संक्रमितका लागि छुट्याउन निर्देशन दिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य आपतकालिन सञ्चालन केन्द्रको सूचना अनुसार नै जिल्लाका निजी अस्पतालहरुलाई आफ्नो क्षमताको कम्तीमा २० बेड कोरोना संक्रमितका लागि छुट्याउन निर्देशन दिइएको प्रशासकीय अधिकृत खेमराज पौडेलले बताए ।
यस्तै निजी अस्पतालमा भर्ना भएका बिरामीहरुमा कोरोनो भाइरस संक्रमण पुष्टि भए सोही अस्पतालमा नै उपचार गराउन पनि प्रशासन कार्यालयले निर्देशन दिएको छ । भर्ना भएका बिरामीमा कोरोना देखिए जिल्लाको हव अस्पताल (भरतपुर अस्पताल) सँगको समन्वयमा सोही अस्पतालमा नै उपचार व्यवस्था मिलाउन निर्देशन दिइएको पौडेलले बताए ।
स्वास्थ्य तथा जनंख्या मन्त्रालयले गत साउन ३० गते निजी अस्पतालहरुलाई कम्तीमा २० प्रतिशत बेड कोरोना संक्रमितका लागि छुट्याउन तथा भर्ना भएका बिरामीमा कोरोना देखिए सम्बन्धित जिल्लाको हव अस्पतालसँगको समन्वयमा सोही अस्पतालमा उपचार व्यवस्था मिलाउन निर्देशन दिएको थियो ।
मन्त्रालयको निर्देशन अनुसार भरतपुरको श्री पुष्पाञ्जली अस्पतालले निजी अस्पतालको तर्फबाट चितवनमा नै पहिलो पटक संक्रमितलाई आफ्नै अस्पतालमा उपचार गराइरहेको छ ।
साउन २७ गते भर्ना भई ३० गते कोरोना पुष्टि भएका रत्ननगर ९ टिकौलीका ६१ बर्षीय पुरुषको अस्पतालले आफ्नै सघन कक्षमा राखेर उपचार गराइरहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
154.21
154.81
European Euro
1
175.31
175.99
UK Pound Sterling
1
205.46
206.26
Swiss Franc
1
188.49
189.22
Australian Dollar
1
107.65
108.07
Canadian Dollar
1
109.41
109.83
Singapore Dollar
1
119.48
119.95
Japanese Yen
10
9.41
9.45
Chinese Yuan
1
22.77
22.86
Saudi Arabian Riyal
1
41.08
41.24
Qatari Riyal
1
42.32
42.48
Thai Baht
1
4.58
4.59
UAE Dirham
1
41.99
42.15
Malaysian Ringgit
1
37.69
37.84
South Korean Won
100
10.57
10.61
Swedish Kroner
1
15.88
15.94
Danish Kroner
1
23.46
23.55
Hong Kong Dollar
1
19.66
19.74
Kuwaity Dinar
1
501.01
502.96
Bahrain Dinar
1
408.99
410.58
Omani Rial
1
400.53
402.09