२०८३ बैशाख ९, बुधबार
April 22, 2026
२०८३ बैशाख ९, बुधबार
April 22, 2026 Wednesday
- ADVERTISEMENT -

निषेधाज्ञाको बेलामा पनि जनताको सेवामा तल्लीन उपमेयर लामा

प्रकाशित मिति : २०७७ भाद्र २ गते

चितवन / राप्ती नगरपालिकाका उपमेयर इमानसिंह लामा निषेधाज्ञाको यो समयमा जनताको सेवामा कटिबद्ध भएर लाग्नु भएको छ । विशेषगरी यो विषम परिस्थिति लगायत निषेधाज्ञाको समयमा नियमित डायलाइसिस गर्नुपर्ने मृगौलाका बिरामी तथा नियमित किमु चढाईरहनुपर्ने क्यान्सरका बिरामीहरु लिएर अस्पताल जाने र घरसम्म पु¥याउने काममा आफै चालक भई खटिनु भएको छ ।
निम्न वर्गका बिरामीहरु एम्बुलेन्सको महँगो भाडा तिर्न नसक्ने अधिकाँश बिरामीका लागि उनी भगवान सरह भएका छन् ।
गत २०७६ चैतमा भएको पहिलो चरणको लकडाउनमा पनि उनले यसरी नै आफ्नै गाडीमा बिरामी ओसारेको उहाँ बताउनुहुन्छ । उनका अनुसार हालसम्म ६० जनाभन्दा बढी बिरामीलाई नियमित सेवा दिइसकेको भनाइ छ । कुनै बेला एकैदिन ३ जनासम्म बिरामी ओसार पसार गरेको उहाँको अनुभव छ ।
यसरी जनता र दिनदुखीहरुको सेवा गर्न पाउँदा उहाँ निकै खुशी छन् ।
’विरामी, दुःखी, गरिबको सेवा गर्न पाउँदा म आफूलाई भाग्यमानी ठान्छु’, उहाँ भन्नुहुन्छ, ’म जनताको सेवक हुँ, दुःख र समस्या हेरेर बसिरहन सक्दिन ।’
निषेधाज्ञाको बेला सार्वजनिक तथा निजी गाडी नचल्ने र एम्बुलेन्समा जान खर्च अभाव हुने बिरामी धेरै रहेको उहाँ भन्नुहुन्छ ।
‘प्रायः विपन्न बिरामीहरुसँग एम्बुलेन्समा जाने खर्च नै हुदैँन’ उहाँ भन्नुहुन्छ, ’त्यस्ता बिरामीहरुका‌ लागि म जस्तोसुकै सेवा दिन तयार छु ।’
सातामा दुई दिन डायलाइसिस गराउन भरतपुर जानुपर्ने राप्ती ३ का बिन्दा परियारले उपमेयर लामा भगवान नै भेटिएको बताउनुहुन्छ । ’गाडी चल्दैन, एम्बुलेन्समा जान पैसा हँुदैन, अस्पतालमा पनि खर्च भैहाल्छ, अहिले भगवान भेटेजस्तो भएको छ’ परियार भन्नुहुन्छ ।
उपमेयर लामाका अनुसार नियमित डायलाइसिस गराउनुपर्ने र किमु‌ चढाउनुपर्ने बिरामी राप्ती नगरपालिकामा थुप्रै छन् ‌। तीमध्ये अधिकांश विपन्न आर्थिक अवस्थाका छन् । त्यस्ता बिरामीलाई अस्पताल ल्याउने लैजाने काम गर्ने बताउनुहुन्छ, थप अन्य सहयोग गर्नसमेत तयार रहेको उहाँ भन्नुहुन्छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
149.31
149.91
European Euro
1
175.69
176.39
UK Pound Sterling
1
201.84
202.66
Swiss Franc
1
191.53
192.30
Australian Dollar
1
106.95
107.38
Canadian Dollar
1
109.34
109.78
Singapore Dollar
1
117.42
117.90
Japanese Yen
10
9.38
9.42
Chinese Yuan
1
21.91
21.99
Saudi Arabian Riyal
1
39.81
39.97
Qatari Riyal
1
40.96
41.12
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
40.65
40.81
Malaysian Ringgit
1
37.79
37.94
South Korean Won
100
10.16
10.20
Swedish Kroner
1
16.33
16.39
Danish Kroner
1
23.51
23.60
Hong Kong Dollar
1
19.07
19.14
Kuwaity Dinar
1
487.38
489.34
Bahrain Dinar
1
395.89
397.48
Omani Rial
1
387.81
389.37