काठमाडौं / विश्वभर १ करोड ६५ लाख भन्दाबढीले कोरोनाको उपचारपछि निको भएर घर फर्किएका छन् । महामारीको रुपमा फैलिएको कोरोनाबाट २ करोड ४० लाख ५० हजार ७ सय भन्दाबढीमा सङ्क्रमण पुष्टि भएकामा १ करोड ६५ लाख ९९ हजार ९ सय भन्दाबढी उपचार पछि निको भएर घर फर्किएका हुन् ।
यस्तै, कोरोनाका कारण मृत्यु हुनेको संख्या ८ लाख २३ हजार २ सय भन्दाबढी पुगेको वल्डोमिटरमा उल्लेख छ । पछिल्लो २४ घण्टामा ५ हजार ८ सयबढीको मृत्यु भएका छन् भने २ लाख ३९ हजार ६ सय भन्दाबढी कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ६६ लाख २७ हजार ४ सयभन्दाबढी विभिन्न अस्पतालमा उपचाररत छन् भने ६१ हजार ७ सय बढीको अवस्था गम्भिर रहेको छ ।
यस्तै, कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा ५९ लाख ५५ हजार ७ सय भन्दाबढी सङ्क्रमित भएका छन् ।संक्रमितमध्ये ३२ लाख ५४ हजार बढी निको भएका छन् भने १ लाख ८२ हजार ४ सय भन्दा धेरैको ज्यान गएको छ । यस्तै, ब्राजिलमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या ३६ लाख ७४ हजार १ सय ७६ पुगेको छ भने १ लाख १६ हजार ६ सय बढीको मृत्यु भएको छ । संक्रमितमध्ये २८ लाख ४८ हजार ३ सय भन्दा बढी निको भएका छन् ।
यसैगरी छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको संख्या ३२ लाख ३१ हजार ७ सय ५४ पुगेको छ । कोरोनाका कारण मृत्यु हुनेको संख्या ५९ हजार ६ सय नाघेको छ । संक्रमितमध्ये २४ लाख ६७ हजार भन्दा धेरै निको भएका छन् भने ७ लाख ४ हजार ८ सयबढीको उपचार भइरहेको छ ।
विश्वभर १ करोड ६६ लाख कोरोनामुक्त
August 26, 2020

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर

श्रीमान्सँग विवादपछि आफ्नै शरीरमा लगाइन् पट्रोल छर्केर आगो

इनारमा गाडी खस्दा १२ जनाको मृत्यु, दुई लाख क्षतिपूर्तिको घोषणा

एमाले अछाममा नयाँ नेतृत्व जुट्न नसकेपछि भाँडभैलो

सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता निष्कर्षविहीन, आन्दोलन जारी राख्ने

भारतद्वारा १६ पाकिस्तानी च्यानलमाथि प्रतिबन्ध, आतंकवादी क्षेत्रमा प्रहरीको छापा
- ADVERTISEMENT -
