नारायणगढ । रोटरी क्लव अफ नारायणगढ, रोटरी क्लब अफ रत्ननगर, रोट्र्याक्ट क्लब अफ नारायणगढ तथा वाईन टु वाटर नेपालको समन्वयमा ६ लाख ८५ हजारको स्वास्थ्य सामग्रीहरु उपलब्ध गराइएको छ ।
नवलपरासी रजहरस्थित प्राकृतिक चिकित्सालयको लागि उक्त स्वास्थ्य सामग्री उपलब्ध गराइएको रोटरी क्लब अफ नारायणगढका अध्यक्ष अनुकूल श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार चिकित्सालयमा पि.सि.आर. परीक्षण नेगेटिभका लागि प्रतिक्षारत झण्डै १०० जना कोभिड संक्रमित बिरामीहरुका लागि आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराइएको हो ।
स्वास्थ्य सामग्रीहरु हेन्ड वास् स्टेशन, मास्क, सेनिटाईजर, डिजिटल थर्मोमिटर, अक्सिमीटर, ब्लड प्रेशर जाँच गर्ने उपकरण, अध्ययनका सामग्रीहरु र संक्रमितहरुका लागि मनोरञ्जन र अन्य सूचना प्रदान गर्न आवश्यक साउन्ड सिस्टमका सेटहरु उपलब्ध गराइएको उहाँले बताउनुभयो ।
त्यस्तै बुद्धभूमि नगरपालिका कपिलवस्तुस्थित ९५ वटा क्वारेन्टाइनका लागि ६ लाख ८५ हजार बराबरको वास स्टेशन ९५ थान र सयर वाटर ९५ वटा थान उपलब्ध गराइएको उहाँले भन्नुभयो । पछिल्लो समय प्राकृतिक चिकित्सालय रजहर नेपालकै व्यवस्थित र सुरक्षित कोरोना अस्थायी अस्पताल बन्दै गएको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

कोभिड संक्रमितलाई ७ लाख बराबरको स्वास्थ्य सामग्री प्रदान
August 30, 2020

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
