काठमाडौँ / नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २४६ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । नियमित प्रेस ब्रिफिङ मार्फत थप १ हजार २४६ जना संक्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।
प्रवक्ता डा. गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार २४६ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या ५० हजार ४६५ पुगेको छ । संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या ३५ हजार ७०० पुगेको छ ।
संक्रमितहरु थप १ हजार ८१८ जना उपचारपछि डिस्चार्ज भएका छन् । ७१ प्रतिशत संक्रमित निको भएका छन् ।
हाल नेपालमा १४ हजार ४४८ संक्रिय संक्रमित छन् । संस्थागत आइशोलेशनमा ८ हजार १० जना रहेका छन् । होम आइशोलेशनमा ६ हजार ४३८ रहेका छन् । अहिले क्वारेन्टाइनमा ५ हजार ८०६ रहेका छन् । आज ११ हजार १४४ जनाको पिसिआर परिक्षण गरिएको छ । नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३१७ पुगेको छ ।
- ADVERTISEMENT -

संक्रमित थप १ हजार २४६, पुग्यो ५० हजार बढी
September 10, 2020

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
