चितवन । चितवनमा एकैदिन ९८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशाला र चितवन मेडिकल कलेज कोभिड ल्याबमा गरिएको परीक्षणमा भरतपुर, रत्ननगर, खैरहनी र कालिका नगरपालिकाका गरी ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
सबैभन्दा धेरै भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा ८७ जनामा संक्रमण पुष्टि भएको छ । जसमा भरतपुर महानगरपालिकाका मात्रै ७३ जना रहेका छन् ।
यस्तै रत्ननगर नगरपालिका २, खैरहनी नगरपालिकाका ४ जना र कालिका नगरपालिकाका ८ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै चितवन मेडिकल कलेज कोभिड ल्याबमा गरिएको परीक्षणमा ११ जनामा संक्रमण पुष्टि भएको छ । जसमा भरतपुर महानगरपालिकाका ९ जना र रत्ननगर नगरपालिकाका २ जना रहेका छन् । योसंगै चितवनमा कोरोना संक्रमितको संख्या १२ सय नाघेको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

एकैदिन थपिए चितवनमा ९८ जना संक्रमित, कुल १२ सय बढी
September 12, 2020

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
