April 29, 2025

सङ्क्रमितभन्दा निको बढी, कुल ४५ हजार २६७ जना

September 20, 2020
- ADVERTISEMENT -

काठमाडौँ / पछिल्लो २४ घण्टामा देशभर थप एक हजार ४४७ जना उपचारपछि निको भएर घर फर्केका छन् । नियमित प्रेस बिफ्रिङ मार्फत शनिबार थप एक हजार ४४७ जना उपचारपछि निको भएर घर फर्केको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिनुभयो ।
प्रवक्ता डा गौतमका अनुसार यससँगै डिस्चार्ज हुनेको कुल सङ्ख्या ४५ हजार २६७ पुगेको छ । डा गौतमले शून्य सङ्क्रमित रहेका जिल्ला सातवटा र पाँच सयभन्दा माथि उपचाररत सङ्क्रमित जिल्ला नौवटा रहेको बताउनुभयो । पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्लामा सुनसरी, मोरङ, सिरहा, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर र रुपन्देही छन् ।
यस्तै शून्य सङ्क्रमित भएका जिल्लामा सोलुखुम्बु, रसुवा, मुस्ताङ, म्याग्दी, मुगु, डोल्पा र हुम्ला छन् । देशभरका क्वारेन्टाइनमा सात हजार ७३५ जना र होम आइसोलेसनमा सात हजार ९७६ जना छन् । त्यसैगरी संस्थागत आइसोलेसनमा नौ हजार १५३ जना छन् ।

- ADVERTISEMENT -