January 15, 2025
- ADVERTISEMENT -

नेपालमा थप १३५६ जना, कुल संक्रमित ६५ हजार बढी

September 22, 2020

काठमाडौं / नेपालमा मंगलवार थप १ हजार ३५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नियमित प्रेस ब्रिफ्रिङ मार्फत थप १ हजार ३५६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६५ हजार २७६ पुगेको छ ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार गत २४ घण्टामा थप २ जनाको कोरोना संक्रमणका कारण मुत्यु भएको छ । हालसम्म कोरोना संक्रमणका कारण ४२९ जनाको मृत्यु पुष्टि भएको छ ।
नेपालमा हालसम्म ९ लाख ३४ हजार, ९७७ जनाको पिसिआर परीक्षण गरिएको उहाँले बताउनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -