२०८३ बैशाख २७, आईतवार
May 10, 2026
२०८३ बैशाख २७, आईतवार
May 10, 2026 Sunday

कोरोनाको खोप अघि २० लाख मानिसको मृत्युको हुन सक्ने ः डब्ल्यूएचओ

प्रकाशित मिति : २०७७ आश्विन १० गते

काठमाडौं / विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोनाभाइरसविरुद्ध खोप प्रभावकारी रूपमा प्रयोगमा आउनुअघि विश्वभरि कोभिड–१९ सँग सम्बन्धि कारणले ज्यान गुमाउने मानिसको संख्या २० लाख नाघ्न सक्ने चेतावनी दिएको छ ।
डब्ल्यूएचओका आपत्कालीन मामिलाका प्रमुख डा. माइक रायनले अन्तर्राष्ट्रिय सहकार्य नभएमा मृतकको संख्या अझ बढी हुनसक्ने बताएका छन् । गत वर्षको अन्त्यमा चीनमा कोभिड १९ देखा परेयता यस रोगबाट अहिलेसम्म ज्यान गुमाउने मानिसहरूको संख्या १० लाख पुग्न लागेको छ ।
संक्रमितहरू बढ्ने क्रम जारी रहँदा अहिलेसम्म विश्वभरि तीन करोड २० लाखभन्दा बढी मानिसमा यो भाइरसले संक्रमण गरेको पुष्टि भएको छ । हिउँद आउन लाग्दा उत्तरी गोलद्र्धका थुप्रै देशमा संक्रमणको दोस्रो लहर सुरु हुन लागेको देखिन्छ । माइक रायनका अनुसार अहिलेको गति कायम रहने अवस्थामा खोप तयार हुनुअगाडि नै थप १० लाख मानिसको मृत्यु हुने उच्च सम्भावना छ ।
उनले यस रोगको उपचार पद्धतिमा सुधार आइरहँदा मृत्युदर भने घटिरहेको बताए । तर उनले सुधार गरिएको उपचार पद्धति र प्रभावकारी खोप मात्रै पनि २० लाखको सीमा रोक्न पर्याप्त नहुने बताए । माइक रायनले सरकारहरूलाई कोभिड १९ नियन्त्रण गर्न आवश्यक हरेक उपाय अपनाउन आग्रह गरेका छन् ।
केही दिनयता युरोपमा फेरि ठूलो संख्यामा देखिने क्रम सुरु भएको छ । त्यसले गर्दा पहिलो लहर उत्कर्षमा रहेका बेला लगाइए झैँ देशव्यापी लकडाउन हुनसक्ने चेतावनी दिइएको छ । युरोपको अवस्थाबारे डा. रायनले समग्रमा उक्त विशाल क्षेत्रमा हामीले यस रोगको चिन्ताजनक वृद्धि देखिरहेको बताए ।
उनले युरोपेलीहरूले लकडाउन लगाउने अवस्था छल्नका लागि के पर्याप्त कामहरू गरिएको छ त भनेर आफैँलाई प्रश्न गर्न आग्रह गरे । परीक्षण र संक्रमितको संसर्गमा आएका व्यक्तिको पहिचान, क्वारन्टीन र सामाजिक दूरीको कायम गर्ने जस्ता विकल्पहरू लागु भए नभएको समेत मूल्यांकन गर्न आग्रह गरे । डब्ल्यूएचओ मुख्यालय जिनिभामा बोल्दै उनले लकडाउन भनेका अन्तिम विकल्प हुन् ।
अहिलेसम्म अमेरिका, भारत र ब्राजिलमा सर्वाधिक संख्यामा संक्रमण पुष्टि भएको छ । यी तीन देशको कुल संक्रमितको संख्या मात्र डेढ करोडभन्दा माथि छ । विश्वभर कोभिड १९ बाट ज्यान गुमाउनेको संख्या दश लाख नजिक पुगेको छ । अमेरिकाका अग्रणी संक्रामक रोग विज्ञ एन्थनी फाउचीले आफ्नो देशमा अहिलेसम्म संक्रमणको पहिलो लहर नै अन्त्य नभएको बताए ।
उनले दोस्रो लहरको कुरा गर्नुभन्दा किन हामीले हिउँद वा शरद्का लागि तयार हुने कुरा नगर्ने ? भन्दै प्रश्न गरे । अमेरिकामा अहिलेसम्म यो भाइरसबाट ७० लाखभन्दा बढी संक्रमित भएका छन् । कोरोनाभाइरस संक्रमणसँग सम्बन्धित कारणले दुई लाख जनाभन्दा बढीको मृत्यु भएको छ । त्यसपछि रहेको भारतमा ५८ लाखभन्दा बढी मानिस संक्रमित भएका छन् । त्यहाँ ९२ हजार भन्दा बढीले ज्यान गुमाइसकेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.88
151.48
European Euro
1
177.54
178.25
UK Pound Sterling
1
205.30
206.12
Swiss Franc
1
193.82
194.59
Australian Dollar
1
109.18
109.61
Canadian Dollar
1
110.56
110.99
Singapore Dollar
1
119.01
119.49
Japanese Yen
10
9.62
9.66
Chinese Yuan
1
22.18
22.27
Saudi Arabian Riyal
1
40.22
40.38
Qatari Riyal
1
41.41
41.58
Thai Baht
1
4.68
4.70
UAE Dirham
1
41.08
41.25
Malaysian Ringgit
1
38.48
38.63
South Korean Won
100
10.29
10.33
Swedish Kroner
1
16.39
16.46
Danish Kroner
1
23.76
23.85
Hong Kong Dollar
1
19.27
19.35
Kuwaity Dinar
1
492.75
494.71
Bahrain Dinar
1
399.84
401.43
Omani Rial
1
391.89
393.45