April 12, 2024

संक्रमित थप १२०७, निको ११४७ जना

September 26, 2020

काठमाडौं / पछिल्लो २४ घण्टामा देशभर थप १ हजार २०७ जनामा कोरोना पुष्टि भएको छ । नियमित प्रेस ब्रिफिङ मार्फत थप १ हजार २०७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।
प्रवक्ता डा गौतमकाअनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका छन् । यीसहित हालसम्म संक्रमित हुनेको संख्या ७१ हजार ८२१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १ हजार १४७ जना कोरोनाबाट निको भएका छन् । हालसम्म कोरोनाबाट निको हुनेको संख्या ५३ हजार १३ पुगेको छ ।

- ADVERTISEMENT -