चितवन / पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको ईच्छाकामना गा.पा ४ पृथ्वी राजमार्गको नाग्दी खोलामा पिकअप एकाबिहानै भ्यान खस्दा १ जना घाइते र ३ जना बेपत्ता भएका छन् ।
प्युठानबाट बिरामी लिएर काठमाण्डौतर्फ गई रहेको लु१च ९७३१ नम्बरको पिकअप भ्यान सडकबाट अन्दाजी ६० मिटर तल त्रिशुलीमा खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार भ्यान चालक प्युठान झिम्रुक गा.वि. १ का वर्ष २३ का सूर्य के.सी, प्युठान एकै परिवारका वर्ष ३८ का मुकुन्दबहादुर रोक्का उनकी श्रीमती वर्ष ३३ की जमुना रोक्का र छोरी वर्ष १५ की जिनिसा रोक्का बेपत्ता भएको हो ।
उक्त पिकअप भ्यानमा चालकसहित २ पुरुष २ महिला गरी जम्मा ४ जना सवार रहेकोमा १ जना पुरुष पौडी खेलेर नदीबाट बाहिर निस्किएको उनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ भने अन्य तीन जना फेला नपरेको प्रहरीले बताएको छ । पौडी खेलेर बाहिर निस्कने मुकुन्द रोक्का भएको प्रहरीले बताएको छ ।
बेपत्ता भएकाहरुको खोजी कार्यजारी रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्य थापाले बताए ।
एकाबिहानै खस्यो त्रिशुलीमा भ्यान, चालकसहित ३ बेपत्ता
- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
