२०८३ श्रावण ११, सोमबार
July 27, 2026
२०८३ श्रावण ११, सोमबार
July 27, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

‘पत्रकारितामा सत्य, निष्पक्षता र जिम्मेवारीको मान्यता कायम राख्नुपर्छ’

विभिन्न विधाका पत्रकारहरु नगदसहित सम्मानित
प्रकाशित मिति : २०८२ श्रावण २८ गते

काठमाडौं / सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मुलुकको विविधता र सांस्कृतिक पहिचानलाई संरक्षण गर्दै पत्रकारितामा सत्य, निष्पक्षता र जिम्मेवारीको मान्यता कायम राख्नुपर्नेमा जोड दिएका छन् ।

नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज)को मङ्गलबार आयोजित २६औँ स्थापना दिवस तथा फोनिज अवार्ड २०८२ मा मन्त्री गुरुङले आदिवासी पत्रकारिताले मुलुकको सञ्चार क्षेत्रमा ठूलो योगदान पु¥याएको चर्चा गरेका हुन् ।

- ADVERTISEMENT -

Advertisement

त्यस अवसरमा विशिष्ट अतिथि युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले आदिवासी जनजातिको हकहित र अधिकारका सवालमा फोनिजले अझ गहिरो र प्रभावकारी अभियान चलाउनुपर्नेमा जोड दिए । पत्रकारहरूले समुदायका आवाजलाई मुखरित गर्दै नीति निर्माण तहमा पु¥याउन महत्वपूर्ण भूमिका खेल्नुपर्ने उनको भनाइ थियो ।

फोनिजका अध्यक्ष लक्की चौधरीले आदिवासी जनजातिसम्बन्धी विषयलाई सशक्त रूपमा अघि बढाउन महासङ्घ प्रतिबद्ध रहेको उल्लेख गरे । उनले आगामी दिनमा तालिम, गोष्ठी, अनुसन्धान र अन्तरराष्ट्रिय मञ्चमा सहभागितामार्फत आदिवासी पत्रकारिताको दायरा अझ विस्तार गर्ने योजना रहेको बताए ।

- ADVERTISEMENT -

Advertisement

सोही अवसरमा आदिवासी जनजाति मलेसिया पत्रकारिता पुरस्कार, २०८२ अन्तर्गत छापातर्फ सपना थामी र अनलाइनतर्फ ज्ञानेन्द्र तामाङलाई प्रदान गरियो । उक्त पुरस्कारको राशी जनही रु १० हजार थियो ।

रु २५ हजार राशीको आदिवासी जनजाति युके पत्रकारिता सम्मान तथा पुरस्कार, २०८२ अन्तर्गत छापातर्फ आश गुरुङलाई प्रदान गरियो । सोही विधामा टेलिभिजनतर्फ डोल्मा शेर्पालाई प्रदान गरियो ।

आदिवासी जनजाति बागमती पत्रकारिता पुरस्कार, २०८२ अन्तर्गत रेडियोतर्फ पूर्णबहादुर मगर (राप्ती एफएम, चितवन)लाई रु पाँच हजार ५५५ सहित सम्मानित गरियो । फोनिज राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मान, २०८२ अन्तर्गत कोचिला सामाद राजवंशी भाषाको त्रैमासिक पत्रिका, झापालाई प्रदान गरियो । पुरस्कारको राशी रु ३१ हजार थियो ।

फोनिज राष्ट्रिय प्रवास पत्रकारिता सम्मान, २०८२ अन्तर्गत मच्छेदेवी गुरुङ (अमेरिका), फोनिज राष्ट्रिय पत्रकारिता सम्मान, २०८२ अन्तर्गत अमरध्वज लामा (रेडियो नेपाल)ले प्राप्त गरे । सोही विधामा गजुर्धन राई (नेपाल टेलिभिजन)लाई प्रदान गरियो । पुरस्कारको राशी रु ३१ हजार थियो । साथै बन्दना दनुवार, मुनेश लायो मगर र सविन प्रियासनलाई जनही रु २५ हजारले सम्मान गरियो । –रासस

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
154.21
154.81
European Euro
1
175.31
175.99
UK Pound Sterling
1
205.46
206.26
Swiss Franc
1
188.49
189.22
Australian Dollar
1
107.65
108.07
Canadian Dollar
1
109.41
109.83
Singapore Dollar
1
119.48
119.95
Japanese Yen
10
9.41
9.45
Chinese Yuan
1
22.77
22.86
Saudi Arabian Riyal
1
41.08
41.24
Qatari Riyal
1
42.32
42.48
Thai Baht
1
4.58
4.59
UAE Dirham
1
41.99
42.15
Malaysian Ringgit
1
37.69
37.84
South Korean Won
100
10.57
10.61
Swedish Kroner
1
15.88
15.94
Danish Kroner
1
23.46
23.55
Hong Kong Dollar
1
19.66
19.74
Kuwaity Dinar
1
501.01
502.96
Bahrain Dinar
1
408.99
410.58
Omani Rial
1
400.53
402.09