२०८३ असार २७, शनिबार
July 11, 2026
२०८३ असार २७, शनिबार
July 11, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवनमा नेपाली चलचित्र ‘रिमै’को शीर्षगीत सार्वजनिक

वन्स् मोरपछि गीत पुनः प्रदर्शन, दर्शकले हल भरिभराउ
प्रकाशित मिति : २०८२ श्रावण २९ गते
Photo : Babilal Tamang / newsprabah

भरतपुर / गुरुङ समुदायको कथा समेटिएको बहुप्रतिक्षित नेपाली कथानक चलचित्र ‘रिमै’ को शीर्षगीत सार्वजनिक गरिएको छ । चितवनको सिजी ल्याण्डमार्कस्थित क्युएफएक्स सिनेमामा एक कार्यक्रमको आयोजना गरी बुधबार सार्वजनिक गरिएको हो ।

तमू ह्युल छोँज धीँ गुरूङ राष्ट्रिय परिषद् सङ्घीय समितिका निवर्तमान अध्यक्ष कर्णबहादुर गुरूङको विशेष उपस्थितिमा चलचित्रको शीर्ष गीत सार्वजनिक गरिएको हो । चलचित्र ‘रिमै’को शीर्ष गीतमा नायिका रिश्मा गुरूङ, दयाहाङ राई, गौमाया गुरूङ, अर्पण थापा लगायतका कलाकारको अभिनय समावेश छ ।

- ADVERTISEMENT -

Advertisement

गीत सार्वजनिक कार्यक्रममा निर्देशक खिलबहादुर गुरूङ, कार्यकारी निर्माता वीरबल घले (विरूप), नायिका रिश्मा गुरूङ, गायक तथा सङ्गीतकार आँशु लामा, सहनिर्माता विनु गुरूङ, सम्पादक मित्र डी गुरूङलगायतको टोली सहभागी थियो । रोटेपिङ इन्टरटेनमेन्ट सँगको सहकार्यमा गोरखा सिराञ्चोक एण्ड लिगलिगकोट फिल्म्स प्रालिको ब्यानरमा तयार भएको चलचित्र भदौ २० गतेदेखि प्रदर्शनमा आउने तय गरिएको छ ।

चलचित्रको शीर्षगीत सार्वजनिक समारोहमा बोल्दै निर्देशक खिलबहादुर गुरूङले राजधानीमा मात्र सीमित रहने प्रचारप्रसारलाई यसपटक मोफसलबाट सुरु गरिएको बताए । ‘चितवन नेपाली चलचित्रको प्रमुख बजार हो, त्यसैले यहाँबाटै प्रचार अभियान शुरू गरेका छौं,’ उनले बताए। गीतमा आँशु लामा र रिता केसीको स्वर, दीपक शर्माको शब्द र सङ्गीत रहेको छ, जसमा गुरूङ संस्कृतिको स्पष्ट चित्रण गरिएको छ।

- ADVERTISEMENT -

Advertisement

यस्तै चलचित्रका कार्यकारी निर्माता वीरबल घलेले चलचित्रको कथा, निर्देशन र प्रस्तुति निकै बलियो भएकाले सबैले हेर्नैपर्ने चलचित्र बनेको दाबी गरे। कवि तथा निर्देशक उपेन्द्र सुब्बाको कथामा आधारित यस चलचित्रमा गौमाया गुरूङ, बुद्धि तामाङ, माओत्से गुरूङ, पुष्कर गुरूङ, कविता आलेमगर, वीरमाया गुरूङलगायत थुप्रै कलाकारको अभिनय देख्न सकिन्छ।

टीका गुरूङ, जीत ‘यात्री’ गुरूङ र दुनबहादुर घलेको मुख्य लगानीमा तयार भएको चलचित्रमा राजेश घिमिरे, रोशन भट्टराई र विनु गुरूङ सहनिर्माता हुन् ।

कार्यक्रममा झारगाउँ चेली माइती समाजले निर्माण समूहलाई फेटा लगाएर सम्मान गरेको थियो । हल भरिभराउ दर्शकको मागअनुसार गीत दुईपटक प्रदर्शन गरिएको र त्यही दिन युट्युब च्यानल ओएसआर डिजिटल मार्फत सार्वजनिक गरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.33
152.93
European Euro
1
174.09
174.78
UK Pound Sterling
1
204.22
205.03
Swiss Franc
1
188.77
189.52
Australian Dollar
1
105.69
106.10
Canadian Dollar
1
107.43
107.85
Singapore Dollar
1
117.82
118.28
Japanese Yen
10
9.38
9.42
Chinese Yuan
1
22.42
22.51
Saudi Arabian Riyal
1
40.57
40.73
Qatari Riyal
1
41.79
41.95
Thai Baht
1
4.56
4.57
UAE Dirham
1
41.48
41.64
Malaysian Ringgit
1
37.36
37.51
South Korean Won
100
10.07
10.11
Swedish Kroner
1
15.73
15.79
Danish Kroner
1
23.29
23.38
Hong Kong Dollar
1
19.44
19.51
Kuwaity Dinar
1
494.98
496.93
Bahrain Dinar
1
404.00
405.60
Omani Rial
1
395.64
397.20