२०८३ श्रावण १२, मंगलवार
July 28, 2026
२०८३ श्रावण १२, मंगलवार
July 28, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवनका तामाङ पत्रकारले मनाए ३१औं तामाङ प्रसारण दिवस

दीर्घकालीन अस्तित्व रहने गरी कदम चाल्नुपर्ने सुझाव
प्रकाशित मिति : २०८२ भाद्र १ गते

– बिना तामाङ

चितवन । तामाङ पत्रकार संघ जिल्ला शाखा चितवनले शुभकामना आदानप्रदान तथा अन्तक्र्रिया गरेको छ । संघले आज (आइतबार) ३१औं तामाङ प्रसारण दिवसको अवसर पारेर शुभकामना आदानप्रदान तथा अन्तक्र्रिया गरेको हो ।

- ADVERTISEMENT -

Advertisement

कार्यक्रममा तामाङ पत्रकार संघ संघीय सदस्य राजेश रुम्बा लामाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि लामाले तामाङ पत्रकारहरुको कलम जनजातिको मुद्दाका लागि चलाउनु पर्ने बताए ।

जनजातिको हरेक मुद्दालाई विशेष प्राथमिकतामा राखेर अघि बढ्नु पर्ने उनको सुझाव थियो ।

- ADVERTISEMENT -

Advertisement

तामाङ पत्रकार संघ बागमती प्रदेश सदस्य बबिलाल तामाङले समाजमा आफ्नो अस्तित्वको लागि केही फरक किसिमको काम गर्नुपर्ने बताए । नियमित कार्यक्रम सँगसँगै दीर्घकालीन अस्तित्व रहने गरी संघले कदम चाल्नुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा संघका संस्थापक उपाध्यक्ष सरस्वती लामाले समाज परिवर्तनका लागि पत्रकारको भूमिका महत्वपूर्ण हुने बताए । जनजातिको हक, अधिकारका लागि हाम्रो ऐक्यवद्धता जरुरी रहेको उनले भनिन् ।

कार्यक्रमको स्वागत मन्तव्य युवक तामाङले दिए भने सञ्चालन संघका सचिव प्रतिमा तामाङले गरेकी हुन् ।

कार्यक्रम तामाङ पत्रकार संघ जिल्ला शाखा चितवनका कार्यवाहक अध्यक्ष सन्तोष तामाङको सभापतित्वमा सम्पन्न भएको थियो ।

यता, हेटौंडामा आजै दिउँसो ४ बजे ३१औं तामाङ प्रसारण दिवस मनाउन लागेको तामाङ पत्रकार संघ बागमती प्रदेशका अध्यक्ष ज्ञानेन्द्र तामाङले जानकारी दिए ।

अध्यक्ष तामाङका अनुसार कार्यक्रममा आइतेसिंह–बुद्धिमाया रुम्बा स्मृति तामाङ पत्रकारिता पुरस्कार–२०८२ ले ककनी गाउँपालिका–७, चतुराले, नुवाकोटका पत्रकार अर्जुनबहादुर ग्लान तामाङलाई पुरस्कृत गर्ने भएको छ ।

तामाङ पत्रकार संघ संघीय, प्रदेश र जिल्ला शाखा देशैभरका तामाङ पत्रकारहरुले आज ३१औं तामाङ प्रसारण दिवस मनाइरहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.16
153.76
European Euro
1
174.60
175.29
UK Pound Sterling
1
204.25
205.05
Swiss Franc
1
188.01
188.74
Australian Dollar
1
107.27
107.69
Canadian Dollar
1
108.59
109.01
Singapore Dollar
1
118.75
119.22
Japanese Yen
10
9.37
9.40
Chinese Yuan
1
22.64
22.73
Saudi Arabian Riyal
1
40.80
40.96
Qatari Riyal
1
42.01
42.18
Thai Baht
1
4.56
4.58
UAE Dirham
1
41.70
41.87
Malaysian Ringgit
1
37.49
37.64
South Korean Won
100
10.43
10.47
Swedish Kroner
1
15.82
15.88
Danish Kroner
1
23.36
23.45
Hong Kong Dollar
1
19.53
19.61
Kuwaity Dinar
1
497.60
499.55
Bahrain Dinar
1
406.21
407.80
Omani Rial
1
397.80
399.36