२०८३ भाद्र २७, शनिबार
September 12, 2026
२०८३ भाद्र २७, शनिबार
September 12, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

आज श्रीपञ्चमी, देवी सरस्वतीको पूजा गरेर मनाइँदै

प्रकाशित मिति : २०८२ माघ ९ गते

काठमाडौं । विद्या, बुद्धि, कला र संगीतकी अधिष्ठात्री देवी सरस्वतीको विशेष आराधना गर्दै आज (शुक्रवार) उल्लासका साथ श्रीपञ्चमी (वसन्त पञ्चमी) पर्व मनाइँदै छ । ऋतुहरूको राजा मानिने ‘वसन्त ऋतु’ को आगमनको सन्देश दिने आजको दिनलाई ज्ञान र सिर्जनाको उत्सवका रूपमा लिने गरिन्छ ।

आज बिहानैदेखि देशभरका सरस्वती मन्दिरहरूमा विद्यार्थी, शिक्षक, साहित्यकार तथा कलाकर्मीहरूको बाक्लो उपस्थिति रहेको छ । काठमाडौं उपत्यकाभित्रका ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेका शक्तिपीठहरूमा बिहानैदेखि दर्शनार्थीको लामो लाइन लागेको छ ।

- ADVERTISEMENT -

Advertisement

विशेषगरी ललितपुरको लेलेस्थित सरस्वती कुण्ड, भक्तपुरको थिमीस्थित सरस्वतीखेल, काठमाडौंको विशालनगरस्थित नील सरस्वती, पशुपति आर्यघाटको सरस्वती मन्दिर, मैतिदेवी तथा स्वयम्भूस्थित सरस्वती स्थानमा पूजाअर्चना गर्नेहरूको घुइँचो देखिएको छ ।

वैदिक कालदेखि नै सरस्वतीलाई ज्ञानकी देवीका रूपमा पूजा गर्ने परम्परा रहिआएको छ । आजको दिनलाई ‘श्रीपञ्चमी’ वा ‘सरस्वती जयन्ती’ का रूपमा मनाउँदै बालबालिकाहरूलाई अक्षराम्भ (पहिलो अक्षर लेख्न सिकाउने) गराउने प्रचलन छ । अभिभावकहरू आफ्ना नानीबाबुहरूलाई विद्यालय वा मन्दिरमा लगेर अक्षर चिनाउन व्यस्त देखिन्छन् । आजबाट सुरु गरिएको शिक्षा वा कुनै पनि कला साधना पूर्ण हुने जनविश्वास रहिआएको छ ।

त्यस्तै, आजको दिन बालबालिकाको नाक-कान छेडाउनका लागि पनि उत्तम मानिन्छ । विद्यालयहरूमा आज विशेष पूजा समारोह आयोजना गरिएका छन् भने संगीत र कला प्रशिक्षण केन्द्रहरूमा वाद्ययन्त्र, रङ र पुस्तकलाई सरस्वतीकै प्रतीक मानेर पूजा गर्ने परम्परा छ ।

श्रीपञ्चमीको अवसरमा राज्यका तर्फबाट गरिने विशेष परम्परा ‘वसन्त श्रवण’ आज हनुमानढोका दरबारमा हुँदैछ । दरबारस्थित नासलचोकमा आयोजना हुने विशेष समारोहमा राष्ट्रपतिले वसन्त श्रवण गर्ने कार्यक्रम तय भएको छ । उक्त समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री लगायतका विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहने चलन छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.59
153.19
European Euro
1
176.96
177.65
UK Pound Sterling
1
206.18
206.99
Swiss Franc
1
187.34
188.08
Australian Dollar
1
109.41
109.84
Canadian Dollar
1
110.19
110.62
Singapore Dollar
1
120.35
120.83
Japanese Yen
10
9.90
9.94
Chinese Yuan
1
22.75
22.84
Saudi Arabian Riyal
1
40.63
40.79
Qatari Riyal
1
41.86
42.02
Thai Baht
1
4.62
4.64
UAE Dirham
1
41.55
41.71
Malaysian Ringgit
1
37.49
37.63
South Korean Won
100
11.37
11.41
Swedish Kroner
1
15.75
15.81
Danish Kroner
1
23.67
23.77
Hong Kong Dollar
1
19.46
19.53
Kuwaity Dinar
1
497.60
499.56
Bahrain Dinar
1
404.72
406.31
Omani Rial
1
396.33
397.89